पुनर्निर्माण र स्थानीय सरकार सञ्चालन तालिम सम्पन्न

लिममा भूकम्पपछिको पुनर्निर्माणलाई सार्थक बनाउन र स्थानीय सरकारको कार्यसम्पादनमा तालिम सहयोगी हुने

२०७६ जेठ १ बुधबार
बेलुकी ५:३४ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, काठमाडौ‌ं । राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र तारकेश्वर नगरपालिकाको सहकार्यमा भूकम्पपछिको पुननिर्माण र स्थानीय सरकार सञ्चालन विधिसम्बन्धी आवासीय तालिम सम्पन्न भएको छ

 

नगरकोटमा सम्पन्न तालिमको उद्घाटन सत्रमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले जनताको सेवा प्रवाह र नगरपालिकाको कार्यसम्पादनलाई सहयोगी विषयवस्तु समावेश भएकाले सार्थक तवरले ग्रहण गर्न आग्रह गरे ।

 

कार्यक्रममा राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष एव‌म् अधिवक्ता निर्मलकुमार उप्रेतीले देश एकात्मक राज्य व्यवस्थाबाट संघात्मक राज्य व्यवस्थामा गएको परिप्रेक्ष्यमा स्थानीय सरकार सबल बन्दा जनतामा पनि सजह सेवा प्रवाह हुने बताए ।

 

तालिममा भूकम्पपछिको पुनर्निर्माणलाई सार्थक बनाउन र स्थानीय सरकारको कार्यसम्पादनमा तालिम सहयोगी हुने उनको विश्वास छ ।

सो अवसरमा राष्ट्रिय सुचना आयोगकी आयुक्त यशोदा तिम्सिना, अधिवत्ता सूर्यप्रसाद कोइराला, अधिवत्ता वसन्त आचार्य, उमा थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका गुनासो शाखा प्रमुख लालबहादुर बस्नेत, अधिवत्ता अनिल श्रेष्ठ र अभिवक्ता सुशील सुवेदीले विषयगत कक्षा सञ्चालन गरे ।

 

तालिममा कार्यपालिका सदस्य र कर्मचारी गरी ३७ जनाको उपस्थिति थियो। यस्तै तालिम ललितपुर, काभ्रे, दोलखा, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकका विभिन्न १० स्थानीय सरकारलाई समेत प्रदान गरिने राष्ट्र निर्माण मञ्च नेपालका सूचना अधिकारी सुवास तिमिल्सिनाले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिथिला बिहारीमा नयाँ प्रशासकीय अधिकृत उप-सचिव न्यौपाने हाजिर

  • २०७६ जेठ १ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको मिथिला बिहारी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उप(सचिव उपेन्द्र न्यौपाने हाजिर भएका छन्  ।   बुधबार जनप्रतिनिधि र कर्मचारीहरुले औपचारिक रुपमा उनलाई  कार्यालयमा हाजिर गराएको छ

पूरा पढ्नुहोस्

Bureau Menus