धनुषाको जनकनन्दिनी गाउँपालिकाले तेस्रो अध्यक्ष गोल्डकप गराउँदै, जित्नेलाई रु. १ लाख पुरस्कार 

२०७७ चैत १८ बुधबार
बेलुकी ५:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा जिल्लास्थित रहेको जनकनन्दिनी गाउँपालिकाले तेस्रो अध्यक्ष फुटबल गोल्डकप टुर्नामेन्ट गराउने भएको छ । 

पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले यसअघि दुई पटक अध्यक्ष गोल्डकप गराइसकेका छन् । आगामी चैत्त १९ गतेदेखि सुरु हुने सो गोल्डकपमा प्रदेश २ सहित अन्य प्रदेशका टिमहरु पनि सहभागीता जनाउने भएको छ । 

जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरीस्थित रहेको खेल मैदान (परसाहा) मा आगमी चैत २५ गतेसम्म सँचालन हुनेछ । खेल प्रत्येक दिन दिउँसो २ बजेदेखि सुरु हुने गाउँपालिका अध्यक्ष निकटम मनोज कुमार यादवले जानकारी दिए । 

खजुरीको पुरानो महावीर स्पोर्टस क्लब सह–आयोजक रहेको सो खेलमा प्रदेश नम्बर २ को धनुषा, महोत्तरी, सर्लाही, मकवानपुरको हेटौडा, विराटनगर, उदयपुर, पर्सा गरी कुल ११ वटा टिम सहभागीता जनाउने भएको छ । 

सो टुर्नामेन्टमा प्रथम हुने टिमलाई रु. १ लाख रुपैयाँ नगद सहित शिल्ड, प्रमाण पत्र, मेडल समेत प्रदान गरिनेछ भने दोस्रो हुनेलाई रु. ५० हजार रुपैयाँ सहित शिल्ड, प्रमाणपत्र, मेडलहरु प्रदान गरिनेछ । 
 

  • 20%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

समाजिक न्यायको लागि अहोरात्र खटने रौतहटकी 'पुजा'

  • २०७७ चैत १८ बुधबार

न्यूज ब्यूरो, रौतहट । पीडित लाई न्यायको निम्ति अहोरात्र खटिँदै पीडकको विरुद्ध सशक्त आवाज निकाल्दै न्यायको बिगुल फुक्दै महिला सशक्तिकरणमा लाग्दै आएकी रौतहतको पूजा तिमल्सीनाको अहिले रौतहटमा चर्चा छ । उनी

पूरा पढ्नुहोस्

Bureau Menus