जनकनन्दिनीको तेस्रो अध्यक्ष गोल्ड कपः पहिलो खेलमा महोत्तरी ३ गोलले विजयी 

२०७७ चैत १९ बिहीबार
रति ८:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा तेस्रो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्टको पहिलो खेलमा महोत्तरी टिम विजयी हाँसिल गरेको छ । 

विहिवारदेखि शुरु भएको सो गोल्डकपको पहिलो खेल अन्तर्गत उदयपुर र महोत्तरीबीच भएको सो खेलमा महोत्तरी टिमले ३ गोल तथा उदयपुरले शून्य गोलमा सीमित भएपछि महोत्तरीले विजयी हाँसिल गरेको हो । 

महावीर स्पोर्टस क्लव खजुरीका अध्यक्ष दिलीप कुमार यादवको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष अब्दुर बारिक शेखको प्रमुख आतिथ्यमा भएको उदघाटन खेलमा महोत्तरी टिमले ३–० गोलान्तरले जीत हाँसिल गरेको छ । 

टुर्नामेन्टको सह आयोजक महावीर स्पोर्टस क्लवका सचिव सुनिल पासवानका अनुसार, महोत्तरीका लागि तीन वटै गोल गरेको जर्सी नम्बर ११ का खेलाडीलाई उत्कृष्ट खेलाडी घोषित गर्दै आयोजकको तर्फबाट कप प्रदान गरिएको हो । 

सो क्रममा टुर्नामेन्टको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेखले खेल र खेलाडीको विकासको लागि वार्षिक रुपमा फुटबल टुर्नामेन्टको आयोजना गर्ने बताए ।

खेलकुदमा फुटबलका लागि खजुरीको नाम देशमे चर्चित रहेको र यहाँका खेलाडीहरु देश विदेशमा समेत ख्याती कमाई सकेकोले बताउँदै प्रमुख अतिथि शेखले अब आउने युवा पुस्ताका खेलाडीहरुलाई समेत फुटबलमा खजुरीको नाम उचो राख्न आग्रह गरे । 

यता, महावीर स्पोर्टस क्लवका अध्यक्ष दिलीप कुमार यादवले खेलकुदको विकासका लागि आफुहरुले प्रत्येक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।

खेल र खेलाडीहरुको विकास लागि नै महावीर स्पोर्टस क्लवको स्थापना भएको र यहाँका आउने पुस्तालाई समेत फुटबलमा अगाडी बढाउन आफुहरु क्रियाशिल रहेको अधयक्ष यादवको भनाई थियो । 

टुर्नामेन्टको उद्घाटनको अवसरमा गाउँपालिका उपाध्यक्ष भारती कार्की, प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, सबै वडाका वडा अध्यक्षहरु, जनप्रतिनिधी, पार्टी प्रतिनिधीहरु, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तपेश्वर राउत, जिल्ला फुटबल संघका उपाध्यक्ष राजदेव साह लगायत पालिकाका कर्मचारी, खेलप्रेमी, स्थानीयहरु व्यापक उपस्थिति रहेको थियो । 

जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरीस्थित परसाहा फुटबल मैदानमा शुरु भएको सो टुर्नामेन्ट चैत २५ गतेसम्म संचालन हुनेछ । यता शुक्रवारको खेलमा सह आयोजक महावीर स्पोर्टस क्लव खजुरी र हेटौडा स्पोर्टस क्लव हेटौडाबीच प्रतिस्पर्धा हुनेछ । 

सो टुर्नामेन्टमा देशभरिकै ८ वटा टिमको सहभागिता रहेको आयोजक जनकनन्दनी गाउँपालिकाले जनाएको छ । टुर्नामेन्टमा स्थानीय श्री महावीर स्पोर्टस क्लव खजुरी, उदयपुर, वीरगंज, महोत्तरी बेलखांडी, सर्लाही, हेटौडा, विराटनगर र जनकनन्दनी ११ गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको सह आयोजक महावीर स्पोर्टस क्लव खजुरीले जनाएको छ । 

सो टुर्नामेन्टमा प्रथम हुने टिमलाई शिल्ड, प्रमाण पत्र, मेडल सहित नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई प्रमाण पत्र, शिल्ड, मेडल सहित नगद ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७७ चैत १९ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus