प्रदेश २ मा दोस्रो सबैभन्दा बढी बोलिने बज्जिका भाषाको पत्रिका लोकार्पण

२०७८ बैशाख २ बिहीबार
रति ८:४५ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकामा बज्जिका समृद्वि समाज नेपालको आयोजनामा बज्जि साहित्यिक त्रैमासिक पत्रिकाको लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

हरिपूर्वा नगरपालिका वार्ड नं. ३ मा आधारभूत विद्यालय धनकौलको प्रधानाध्यापक हरिनारायण महतो कुशवाहा को अध्यक्षता र बज्जिका भाषाको संरक्षण र सम्र्बद्वनमा क्रियाशिल अभियन्ता रौतहटको गरुडा निवासी संजय साह मित्र को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । 

प्रदेश २ बाट प्रकाशित पहिलो बज्जि त्रैमासिक पत्रिकाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पश्चिमी भाषा सांस्कृतिको व्यापक प्रचारप्रसार र नेपालमै नेपाली भाषीबाट हाम्रो भाषा र संस्कृतिमाथि बर्षोदेखि गर्दै आएको व्यापक शोषण र विभेदका कारण हाम्रो मातृभाषाको पहिचान र अस्तित्वनै लोप हुने अवस्थामा पुगेको प्रमुख अतिथि संजय साह मित्र ले बताए ।

बज्जिका भाषाको मूल भूमि बारा, रौतहट, सर्लाही र महोत्तरी रहेका छन । लोपोन्मुख अवस्थामा पुगेका हाम्रो मातृभाषाको संरक्षण, सम्बद्र्वन र प्रचारप्रसार विभिन्न संचारमाध्यम र पत्रपत्रिकाको समेत विशेष योगदान रहेका छन । 

संरचारमाध्यमको साथ र सहयोगले कम समयमा बाज्जिका भाषाले राम्रो माया, प्रेम, र स्थान पाएको छ । हाम्रो रौतहट र सर्लाही बज्जिका भाषाको विकासमा धेरै अगाडी रहेको, बारा र महोत्तरीमा हामीले विशेष ध्यान दिनु आवश्यक रहेको बताए । 

“हाम्रो माता जगत जननि मातृभाषा, धर्म संस्कृति र संस्कारको संरक्षण र सम्बद्र्वनमा ध्यान नदिई अरुको भाषा र संस्कृतिको अनुशण गरी आफनो अस्तित्व नै लोप हुने काम गर्नेलाई हाम्रो आउने सन्ततिले हामीले कदापि माफी गर्ने छैन ।– साहले भने । 

बज्जिका भाषामा प्रकाशित हुन लागेको बज्जि त्रैमासिक सर्लाहीको मात्र नभई प्रदेश २ कै गौरवको कृति रहेको बज्जिका समृद्वि समाज नेपाल को अध्यक्ष जियालाल रायले बताए ।

हाम्रो पहिचानको रुपमा रहेको लोपोन्मुख अवस्थामा पुगेको हाम्रो मातृभाषा, मातृभूमिको संरक्षण, सम्बद्र्वन र विकास गरी देशमा छुटै पहिचान बनाउने अभियानमा हामी रहेको बज्जि त्रैमासिक पत्रिकाको प्रकाशक तथा सम्पादक रामचन्द्र महतो कुशवाहा ले बताए । 

प्रदेश २ मा सबैभन्दा बोलिने भाषामा पहिलो मैथिली, दोस्रो बज्जिका र तेस्रो भोजपुरी रहेको हामीहरु बेला बेलामा मन्चको माध्यमबाट समेत आवाज उठाउदै आएको बताए । 

यसपालिदेखि सबै विद्यालयमा बज्जिका भाषामा लेखिएको किताब पठनपाठन हुने बताउदै कक्षा २ र ३ को किताबको लेख्न कार्य सुरु भईसकेको जानकारी दिए। 

बाराको गढीमाई मन्दिरदेखि पूर्व र जलेश्वर महादेवदेखि पश्चिममा पर्ने भूभाग लगायत सर्लाही र रौतहट बज्जिका भाषाको बाहूल्यता रहेको क्षेत्र रहेका छन ।

कार्यक्रममा बज्जिका भाषाको श्रीबृद्वि विकास, संरक्षण र सम्र्बद्वनमा महत्वपूर्ण योगदान गरेको उच्च मूल्यांकन गर्दै संजय साह मित्र लाई बज्जिका शिरोमणि सम्मान २०७७ र किशुनदयाल राय यादव लाई बज्जिका सम्राट सम्मान २०७७ बाट बाट सम्मानित गरिएको आयोजकले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७८ बैशाख २ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus