हवाई आक्रमणमा परी कम्तीमा तीस तालिबानको मृत्यु, सत्र घाइते

२०७८ श्रावण ९ शनिबार
रति ८:२५ बजे
न्यूज ब्यूरो, डेस्क

एजेन्सी । सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् । 

घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ । 

देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए ।

त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकूहरुले प्रयोग गर्नेगरेको सामग्रीहरु पनि बरामद गरेका छन् ।  

लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहेपनि टुंगीन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जानकी मन्दिर, विवाहमण्डप, स्वर्गद्धारी लगायतका धार्मिक स्थलभित्र मोबाईल, क्यामेरा बैन गर 

  • २०७८ श्रावण ९ शनिबार

जनकपुरधाम त्यतिकै भनिदैनन् । विश्वमै परिचित धार्मिक स्थलहरुमध्ये जनकपुर पनि एक हो । यहाँको धार्मिक स्थलहरुको विशेषताले पनि जनकपुरलाई जनकपुरधाम भनिएको हो ।  जनकपुरधामको पहिचान यहाँका धार्मिक स्थलहरु हुन् , जो

पूरा पढ्नुहोस्

Bureau Menus