मधेशी एशोसिएशन इन अमेरिकाको पिट्सवर्ग अध्यक्षमा धनुषाका साह सर्वसहमतिले चयन 

२०७८ श्रावण २६ मंगलबार
बिहान ०४:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अमेरिकामा रहेका केही मधेशीहरुले चलाएको सँस्था मधेशी एशोसिएशन इन अमेरिका (MAA-मा) को पिट्सवर्ग शहरको च्याप्टर अध्यक्षमा धनुषाका राम साह चयन भएका छन् । 

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा बस्ने राम साहलाई सो च्याप्टरको लागि सर्व सहमतिले चयन गरिएको जनाइएको छ । मधेशीहरु आवद्ध सो सँस्था मार्फत विभिन्न समयमा मधेशीहरुको हकहितको लागि कदम चालेको बताइएको छ । 

भर्खरै सम्पन्न भएको विभिन्न राज्यको चुनावको क्रममा पिट्सवर्ग शहरको लागि रामसाहलाई पदाधिकारीहरुले सर्वसहमतिले चयन गरेको हो । उनलाई निर्विरोध नै चयन गरिएको जनाइएको छ । 

कोभिड १९ को बेला उनले अमेरिकाबाटै वडा नम्बर ५ वासीहरुलाई सहयोग गरेका थिए । उनले मधेशको विभिन्न ठाउँमा गरिब, निमुखा, विपन्नहरुलाई उनले सो समयमा राहत वितरण समेत गरेका थिए । 

  • 76%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७८ श्रावण २६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus