अफगानिस्तानका सरकारी कर्मचारीलाई २० वर्ष पहिलेजस्तै बन्न निर्देशन

२०७८ श्रावण ३२ सोमबार
बिहान ०९:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, एजेन्सी । अफगानिस्तानमा फेरि तालिबान शासन फर्किएको छ । आइतबार तालिबानले राजधानी काबुलमा नियन्त्रण गरेका छन् । यससँगै राष्ट्रपति अशरफ गनी र कूटनीतिज्ञहरुले देश छाडेका छन् । काबुल र राष्ट्रपति भवनमा नियन्त्रण गरेपछि तालिबानी प्रवक्ताले युद्ध समाप्त भएको घोषणा गरेका छन् । तालिबानले सरकारी कर्मचारीहरुलाई चेतावनी दिँदै २० वर्ष पहिले जस्ता थिए त्यस्तै बन्न भनेको छ ।

अफगानिस्तानमा तालिबान फर्किएसँगै सरकारी कर्मचारीको कठिनाइ बढेको छ । यद्यपि तालिबानले कर्मचारीहरुलाई नयाँ सुरुवात गर्न भनेको छ । तालिबानले सरकारी कर्मचारीलाई २० वर्ष पहिले तालिबान शासनमा जसरी काम गर्ने अब त्यही बाटोमा फर्किन भनेको छ । तालिबानले कर्मचारीलाई नयाँ सुरुवात गर्न र भ्रष्टाचार, घोटाला, अल्छीपनासँग सावधान रहन भनेको छ ।

तालिबानका राजनैतिक प्रवक्ता मोहम्मद नइमले अल जजीरा टेलिभिजनसँग भने ‘अफगानिस्तानका जनता र मुजाहिदीनहरुको लागि आजको दिन निकै ठूलो दिन हो । २० वर्षको बलिदान र उनीहरुको मेहनतको फल आज प्राप्त भयो । अल्लाहलाई धन्यवाद छ । देशमा युद्ध समाप्त भयो ।’

नइमले अफगानिस्तानको नयाँ सरकार कस्तो हुन्छ भन्ने छिटै प्रस्ट पारिने बताएका छन् । उनले भने ‘अफगानिस्तान अलग थलग रहन चाहँदैन र शान्तिपूर्ण तरिकाले अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन आह्वान गर्छ । हामी हाम्रो देशको, हाम्रा जनताको स्वतन्त्रता चाहन्थ्यौं र हामी त्यहाँसम्म पुगेका छौं । हामी कसैलाई पनि अरु कसैलाई निशाना बनाउनको लागि हाम्रो जमिन प्रयोग गर्न दिने छैनौं ।’

  • 25%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

  • २०७८ श्रावण ३२ सोमबार

Bureau Menus