सहिद रामवृक्ष यादवको २७ औ स्मृति दिवस मनाइयो

साथै स्मृती दिवसकै अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको माओवादी केन्द्र धनुषाले जनाएको छ ।

२०७८ भदौ २ बुधबार
बेलुकी ६:५६ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, धनुषा । नेपाल कम्युनिष्ट आन्दोलनमा शहादत प्राप्त गरेका शहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस मनाइएको छ । 

कम्यूनिष्ट आन्दोलनको धरोहर मानिएको सहिद यादवको २७ औं स्मृति दिवस प्रत्येक वर्ष मनाउँदै आएको छ । बुधबार उनकै पैतृक गाउँ धनुषा निर्वाचन क्षेत्र १ निर्वाचित सांसद मातृका यादव माल्यापर्ण गर्दै स्मृति दिवस मनाएका हुन् । 

जनयुद्धमा उनको परिवार तथा आफन्तहरूको शहादत र बलिदानीको कथा अविश्मरणिय रहेको बताउँदै नेता यादवले उनको रगतले प्रजातन्त्र आएको सुनाए । 

सो अवसरमा माओबादीका जिल्ला सचीव दिपक यादव, प्रदेश सदस्य झल्कु यादव, जिल्ला सम्पर्क समितिको अध्यक्ष, शहिद यादवकी छोरी सुनिता यादव, युवा नेता सरोज यादव, नगर अध्यक्ष महेश लाल यादव, उपमेयर मिनाकुमारी यादव, नगर सचीव कृष्ण राउत सहितको उपस्थिती थियो । 

२०५२ सालमा यादवको हत्या भएपछि माओवादीद्वारा जनयुद्वको थालनी भएको गरिएको थियो । 

साथै स्मृती दिवसकै अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको माओवादी केन्द्र धनुषाले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ भदौ २ बुधबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus