ब्लैकमेलर समाजसेवी

मधेसका 'ब्लैकमेलर–समाजसेवी' हरु 

२०७८ भदौ ९ बुधबार
बिहान १०:२७ बजे
काशिन्द्र कुमार शर्मा
यो तस्विर गुगलबाट लिएर साँकेतिक प्रयोजनको लागि मात्र प्रयोग गरिएको छ ।

“फलानोको अवस्था एकदम दयनीय छ । उसको अवस्था हेरेर आँखाबाट आँसु आयो । हामी सबै मिलेर उनलाई सहयोग गरौँ । उनलाई सहयोग गर्नको लागि मेरो बैँकको खाता नम्बर ......यति यति मा रकम जम्मा गर्न सबै सँघ सँस्था, विदेशमा बस्ने दाजुभाईहरुसँग अनुरोध छ ।”– यति मात्र शब्द फेसबुकमा राखेर आफूलाई महान समाजसेवी ठान्दै सोझासाझा नागरिकलाई ठग्नेहरु “ब्लैकमेलर” हुन् । 

प्रायः फेसबुकबाटै आफूलाई महान समाजसेवीको बिल्ला झुण्डयाएर विदेशमा बस्ने सोझा साझा मधेशी युवाहरुलाई सहजै ठग्ने गरेको छ । उनीहरुले आफूलाई समाजसेवीको परिचय दिँदै रकम असुल्ने कार्य सुरु गर्छन् । असलमा उनीहरु “समाजसेवा” नामक एक व्यापारिक पसल (दोकान) खोल्छन् । र सोही पसलमा गरिब, विपन्नको अस्तित्व र प्रतिष्ठा बेच्दै सोझासाझा मधेशी युवाहरुको इमोश्नको ठगी गर्छन् । 

भन्छन्ः नेपालीको मनै ठुलो । हो, विदेशमा बस्ने मधेशी समुदायका युवाहरु जो की आफ्नो घर बनाउन पनि घर छाडेर विदेश गएका छन् । यी ब्लैकमेलर समाजसेवीको चँगुलमा फँसेर महिनाभरि कमाएको खुन पसिनाको कमाईलाई दुरुपयोग गर्न मजबुर भएका छन् । “जहाँ फाईदा हुँदैन, मानिस निःशुल्क पानी पनि पिउँदैन”

कसैलाई पीडामा देख्दा, दुःखमा देख्दा, आपदा विपदामा देख्दा घर छाडेर विदेश गएका नेपालीहरुको मन रुन्छ । उनीहरु इमोश्नल (भावुक) हुन्छन् । खासगरी फेसबुकमा देख्ने पोष्ट जो की ब्लैकमेलर समाजसेवीहरुले प्रायः हाल्ने गरिन्छ । उनीहरुको लेखाईले युवकहरु भावुक भएर सहयोग गर्न तत्पर हुन्छन् । 

अनि हुन्छ खेल सुरु, समाजसेवीको नाममा ब्लैकमेलर बनेर इमोश्नल ठगी गर्ने कपटी समाजसेवीहरुले आफ्नो खाता मार्फत विदेशबाट रकम मगाउँछन् । त्यसमा एक जनाले मात्र हैनन, सयौँ वा हजारौ जनाले आर्थिक सहयोग गर्छन् । उनीहरुले पठाएको रकमको कुनै लेखाजोखा हुँदैन । ब्लैकमेलर समाजसेवीहरुको खल्ती जबसम्म फुल्ल हुँदैन तबसम्म यी क्रम जारी राख्छन् । यहाँसम्म की बीच बीचमा सोही पीडितलाई झन नाटकीय बनाउँदै थप रकम मगाउँदै जान्छन् । 

अब, विदेशबाट मानौ, १०० जनाले करिब ५ लाख रुपैयाँ सहयोग गर्छन् भने पीडित वा जरुरतमन्द जसको नाममा रकम असुलिएको छ उससँग बढीमा एक लाख रुपैयाँ पुग्छ बाँकीको ४ लाख रुपैयाँ यीनै ब्लैकमेलरहरुले खल्तीमा राख्छन् । विदेशबाट सहयोग गर्नेहरु सोच्छन्, आफूले पठाएको पैसा पीडित व्यक्तिको हातमा पुग्यो र उनी खुसी भएर आफ्नो काममा लाग्छन् । 

तर, त्यस्तो होइनरहेछ हौ, आफ्नो खुन पसिनाको कमाई जो की आफ्नो सन्तानको लागि, ४ बर्षदेखि श्रीमानको प्रतीक्षामा बसिरहेकी श्रीमतिको लागि, छोरा आएर औषधी उपचार गरिदिने र घर बनाउने आसमा बसेका आमावुवाको लागि राखिएको उनीहरुको रकम ब्लैकमेलर समाजसेवीले सहजै ठगी गर्छन् र ठगिएका मधेशी युवाहरुले पनि उनकै जयजयकार गरी पुनः आफ्नो इमोशन उनकै हातबाट बेचिरहेको देखिएको छ । 

मधेशमा बढी त भनौ, तर ४÷५ जना यस्ता ब्लैकमेलर समाजसेवीहरु छन् जोकी अरुबाट पैसा असुलेर अर्कालाई सहयोग गरी आफूले सहयोग गरेको भनेर छाती फुलाउँछन् । खुन पसिनाको कमाई दिएको युवाहरुको नाम खोई त ? 

जसले सहयोग गर्छन उनीहरु गुमनाम, जो गर्दैनन उनीहरु 'समाजसेवी' 
तराई मधेशमा विभिन्न अभियानहरु चल्यो, त्यसमा आर्थिक सहयोगको लागि सबभन्दा बढी सहयोगीहरु विदेशमा बस्ने मधेशी युवाहरु हुन्छन् । उनीहरुकै सहयोगले कुनै अभियानलाई मूर्तरुप दिन सकेको छ र सम्भव पनि छ । तर, उनीहरुको सोझापनलाई ब्लैकमेलर समाजसेवीहरुले फाईदा उठाउँदै पुनः रकम माग गरी खल्ती भर्ने गरेको छ । 

जो युवाहरु आफ्नो खुन पसिनाको कमाई सहयोग पठाउँछन् उनीहरुको नामोनिशान हुँदैनन, उनीहरु सधैँ गुमनाम नै हुन्छन् । उनले दिएको गरेको सहयोगको कुनै मायने मतलब, कुनै भ्यालु हुँदैन । किनभने त्यो बीचको दलाल–समाजसेवीले कसले के कति रकम सहयोग गर्यो त्यसको कुनै लेखाजोखा राख्दैनन र उनीहरुको नाम पनि भन्दैनन् । पीडित कहाँ गएर आफूले सहयोग गरेको भन्दै झुठो र सस्तो लोकप्रियता कमाउँछन् । 

फेसबुकमा अधिकाँश बढी प्रयोगकर्ताहरु अनपढ पनि छन् । उनीहरुलाई धेरै कुरा थाहा हुँदैन तर टिप्पणी नै टिप्पणीले यहाँ बुझने र पढेलेखेका युवाहरु पनि दिनहुँ समाजसेवीको नाममा ठगिदै गएको छ । उनीहरुले के कति सहयोग गर्यो कसैलाई थाहा हुँदैन । तर, थाहा हुनु जरुरी छ । ताकी, उनको आमाबुवा, छोराछोरी र श्रीमति तथा आफन्तलाई उनले गरेको सहयोगप्रति गर्व महसुस होस् । 

हिसाब पारदर्शी गर्न भन्दा धाकधम्की 
यीनीहरु अधिकाँश वास्तवमै लाईसेन्स लिएको ब्लैकमेलर नै हुन । समाजसेवीको नाममा ढोँग गर्नेहरु हुन् । जो की सोझासाझा युवाहरुबाट सहयोगको नाममा रकम असुलेर हिसाब पारदर्शी गर्न कसैले भन्दिएमा उनीहरु आक्रोसित हुन्छन् । केही अभियानहरुमा लाखौ लाख रकम उठाएका ब्लैकमेलर समाजसेवीहरुले हिसाब पारदर्शीको नाममा धाकधम्की पनि दिन्छन् ।

कसैले फेसबुकमै वा फोनमै हिसाब पारदर्शी गर्न आग्रह गरेपछि उनीहरुले गाली गलौज गराउनुका साथै फेसबुकै धाक धम्की दिन केही युवाहरु प्रयोग गर्छन् । उनीहरुको तर्फबाट टिकाटिप्पणी गर्नेहरुले समेत सोही रकमबाट केही लिएर त्यही कामको लागि प्रयोग हुँदै आएको छ । 

जो पनि किन समाजसेवीको बिल्ला झुण्डयाउँछन ? 
समान्य रुपमा भन्दा, जब उनीहरु सबै तह तप्काबाट अपहेलित र बहिष्करणमा पर्छन खास गरी उनीहरु समाजसेवाको आड लिन्छन् । समाजसेवमा टन्नै पैसा कमाउन पाउने पेशाको रुपमा सिँचित हुँदै गएको छ । सोही मानसिकता र देखासिकीले धेरै जना समाजसेवीको बिल्ला झुण्डयाएको पाइन्छ । बेरोजगारीको सबभन्दा ठुलो उपाय र विकल्पको रुपमा समाजसेवालाई आफ्नो पेशा बनाउँदै आफूलाई समाजसेवी ठान्छन र विदेश गएका सोझासाझा युवाहरुबाट आर्थिक सँकलन गरी धनाढय हुन्छन् । तर, सहयोगी मनहरु, सहयोगी हातहरुको नामोनिशान आउँदैनन् । 

चर्चामा आउन राख्छन 'पिए'
यी नक्कली समाजसेवीहरु झन ठग्नको लागि चर्चामा आउनु जरुरी छ भनेर आँकलन गर्छन् । यीनीहरुले एक जना पिए राख्छन मोबाइल वा क्यामेरा सहित । नभएर युटुबे वा कुनै पेड पत्रकारलाई पनि लिएर सँगै जान्छन् । पत्रकारहरुले उसको असलीयत बुझेपछि जान छाडछन तब उनीहरु मोबाइलमा फोटो खिच्ने, फेसबुकमा लाइभ गर्नको लागि एक जना पिए (सहयोगी) राख्छन् । 

पीडितलाई सहयोग गर्न के गर्ने ? 
फेसबुक वा कही कतै समाचार मार्फत कोही अति विपन्न रहेको र अवस्था दयनीय भएको भनेर समाचार आउनु र त्यसमा मदतको आवश्यकता रहेको भनेर खवर पाएइन्छ । सहयोगी मनहरुले अब ढोँगी र ब्लैकमेलर समाजसेवीहरुको सहारा नलिनु । 

कसैले फेसबुकमा फलोनालाई मदत गर्नुस, नेपालको लागि फलानो व्यक्ति , कतारको लागि फलानो व्यक्ति, दुबईको लागि फलानो व्यक्तिहरुको नाम सार्वजनिक गर्छन् भने बुझनुस की ब्लैकमेलर समाजसेवीहरु उनीहरुलाई प्रयोग गरी सबै रकम झवाम्म पार्छन् । यस्तो अफर आएपछि कोही पनि रकम उठाउने जिम्मा नलिनु र नलिन दिनु । पीडितको नाममा सोझै रकम पठाउनु सबभन्दा उत्तम कार्य हुनेछ । 

समूहमा भएका युवाहरुले सामुहिक रुपमा रकम जम्मा गरेर एकैपटक पीडितको नाममै मात्र रकम सहयोग गर्नु वेश हुनेछ । बैँकहरुमा निःशुल्क खाता खुल्ने गरेको छ । सकभर पीडितलाई खाता खोल्न लगाएर उनकै खातामा जम्मा गरिदिनु उत्तम हुनेछ । 

खाता खोल्नको लागि समस्या भएको खण्डमा सोही ठाउँबाट कोही व्यक्ति वा आफ्नो सहयोगी साथी मार्फत खाता खोल्न मदत गर्न सकिन्छ । तर, समाजसेवाको खोल ओढेकाहरुसँग टाढै बस्नु ।

सोझै सहयोग गर्दा के फाईदा हुन्छ ? 
हो, पीडितलाई सोझै वा सामुहिक रुपमा सहयोग गर्दा कस–कसले सहयोग गरेको छ उनीहरुको नाम मिडिया मार्फत वा सोही समुदायमा आउने गरिन्छ । सो  भन्दा पनि पीडितले सोझै पाएपछि सहयोगी हातहरुलाई आर्शिवाद, दुआ दिन्छन् । अन्य जसले सहयोगकर्ताहरु पनि झन उत्साहित हुन्छन् र उनको टोल समाजका, गाउँका आम नागरिकले समेत सहयोगको बारेमा थाहा पाउँदा समाजिक रुपमा उनको छवी साकारात्मक बन्न सहयोग गर्छन् । 

ब्लैकमेलर समाजसेवीहरुले पनि सोही आइडिया लगाएर अरुले गरेको सहयोगको आफ्नो नाम दिएर सस्तो लोकप्रियता कमाउँछन र महान समाजसेवी कहलाउँछन् । 
तर, सावधान, यीनीहरु ब्लैकमेलर हुन, तपाईको भावनासँग खेलवाड गर्छन्, सहयोग गर्ने तपाईहरु यस (जस) लिने उनीहरुको यो प्रवृतिले असली सहयोगकर्ता सदाभरि गौन रहन्छन् । 

नेपालका केही असल समाजसेवीहरुमध्ये अनुराधा कोइराला, महावीर पुन, दयावीर सिँह कँसाकार, पुष्पा बस्नेत, सपना रोका मगर, तुलसी मेहर श्रेष्ठ, सीताराम यादव, रामसागर, रामस्वरुप, हजारी साह, लगायतप्रति सम्मान प्रकट । 

  • 23%
  • 8%
  • 8%
  • 15%
  • 8%
  • 8%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७८ भदौ ९ बुधबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus