धार्मिक आस्थाको सबाल

जानकी मन्दिरबाट मुख्यमन्त्री गद्दीको पोष्टर च्यातियो, टिकटक भिडियो निषेध 

यसका साथै, सोही परिसरभित्र अबदेखि टिकटक भिडियोहरु बनाउन निषेध गरिएको बताइएको छ ।

२०७८ भदौ १२ शनिबार
बिहान ११:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जनकपुरधामको जानकी मन्दिर परिसरभित्र लगाइएको पोष्टर पम्पलेटहरु जनकपुरियन युवाहरुले आज सफाई गरेको छ । 

सो क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको पोष्टर च्यातेका छन् । जानकी मन्दिर जस्तो क्षेत्रमा मुख्यमन्त्रीको फोटो सहितको पोष्टरहरु लगायत अन्य पोष्टर, फलैक्स, बैनरहरु हटाइएको छ । 

जनकपुरका युवाहरुको एक समूहले जानकी मन्दिर परिसर भित्र लगाइएको बोर्ड, फलैक्स, बैनर, पर्चा, पम्पलेटहरु च्यातेर फालेका हुन् । सो क्रममा सबभन्दा पहिले मुख्यमन्त्री गद्दीको तस्विर भएको भिजिटि नेपालको पोष्टर च्यातेको हो । 

नेपाल सरकारले भिजिट नेपाल २०२० को अवधारणा सहितको फलैक्स बनाएकोमा कोरोना महामारीले गर्दा बन्द भएपछि पनि पोष्टर टाँसिएकै थियो । जानकी मन्दिर परिसरभित्र विभिन्न कम्पनी,होटलहरुको समेत फलैक्सहरु हटाएको हो । 

सो क्रममा सिमेन्ट कम्पनी, भोजनालय, होटलको फलैक्स विज्ञापन सहित अन्य पोष्टर पम्पलेटहरु हटाएको हो । अभियानी एवम् युवा अगुवा सरोज मिश्रको अगुवाईमा गएको युवाहरुको टोलीले मुख्यमन्त्री गद्दीको तस्विर भएको पोष्टर च्यात्दै आइन्दा मन्दिर परिसरभित्र यस्ता प्रकारको पोष्टर नलगाउन चेतावनी समेत दिएको हो । 

जानकी मन्दिरका महन्थ राम तपेश्वर दाससँग उनीहरुले मन्दिर परिसरभित्र १५ दिने माध्यमिकी परिक्रमाको जानकारी, मन्दिरको जानकारी, जनकपुरको अन्य धार्मिक स्थलहरुको जानकारी सहितको पोष्टर मात्र व्यवस्थित तरिकाले लगाउन भनेका छन् । 

यसका साथै, सोही परिसरभित्र अबदेखि टिकटक भिडियोहरु बनाउन निषेध गरिएको बताइएको छ । उनीहरुले एक सूचना टाँस गरी फिल्मी गीतहरुमा, अश्लिल गीतहरुमा, अश्लिल खाले अभिनयमा कुनै पनि टिकटक वा भिडियो सुटिँग गर्न नहुने बताएको छ । 

जानकी मन्दिर र मडवा क्षेत्रमा भिडियो सुटिँगको लागि मन्दिर व्यवस्थापन समिति, प्रशासनसँग अनुमति लिएर मात्र सुटिँग गर्नुपर्ने अवधारणा, मन्दिरको गोफा भित्र (मूल मन्दिर) मा क्यामेरा, मोबाईल प्रतिबन्ध गर्ने पनि जनाएको छ । 

न्यूज ब्यूरोसँग कुराकानी गर्दै युवा नेता मिश्रले पशुपतिनाथ विकास क्षेत्र जस्तै जानकी मन्दिर परिसर र क्षेत्रलाई अनुसाशित बनाउन सरोकारबालाहरुसँग सम्पर्कमा रहेको बताए । उनले जनकपुरमा मन्दिर जस्तो क्षेत्रमा समेत छाडापन र आफूखुसी गर्न थालेपछि यस्तो कदम चाल्न बाध्य भएको बताए । 

जानकी मन्दिरमा अश्लिल खाले टिकटक बनाउन नदिने भन्दै रामायण, धार्मिक गीतहरुमा बनाउन भने दिने बताए । उनले कहि कतै फिल्मी गीतहरुमा टिकटक बनाएर हालेको पाइए उनको आईडीबाट प्रशासनमा मुद्दा हालेर कारवाहीको दायरामा ल्याउने चेतावनी दिए । 

जानकी मन्दिर जस्तो क्षेत्रमा केही युवायुवतिहरुले योजनाबद्ध तरिकाले धार्मिक क्षेत्र उपर प्रहार गर्ने गरेको देखिएको छ । प्रशासनको सूचनाको बाबजुद पनि जानकी मन्दिरको अस्तित्वमाथि प्रहार गर्ने गरी टिकटक भिडियो बनाएको पनि देखिएको छ । तर, अब यीनीरुले निगरानी गर्ने भएको छ । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'जनकपुरको देवपुरा रुपैठामा मुस्लिमहरुले छठ व्रतालुसँग प्रत्येक वर्ष निहुँ खोज्छन्' (भिडियोसहित)

  • २०७८ भदौ १२ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको देवपुरा रुपैठास्थित त्यहाँको मुस्लिम समुदायका व्यक्तिहरुले प्रत्येक वर्ष छठ व्रतालुसँग झगडाको निहुँ खोजेको आरोप लगाइएको छ ।  जनकपुरधाम उपमहानगरपालिका वडा

पूरा पढ्नुहोस्

Bureau Menus