राजनीति उचारचढाव

जिम्मेवारी हेरफेर राजनीतिक सहमति, अन्यथा नलिऔँ : मन्त्री यादव 

जिम्मेवारी हेरफेरपछि मन्त्री यादवका प्रशँसक सहित उनका पार्टीका समेत कार्यकर्ताहरुले समाजिक सँजालमा असन्तुष्टता जनाएका छन् ।

२०७८ भदौ १३ आइतबार
दिउसो २:३६ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेरपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री बिजय कुमार यादवले यसलाई साधारण रुपमा लिन आग्रह गरेका छन् । 

प्रदेश सरकार र राजनीतिक सन्तुलन बनाउनको लागि सहमतिमै जिम्मेवारी हेरफेर गरिएको मन्त्री यादवले बताए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै मन्त्री यादवले समाजिक सँजाल सहित अन्य विभिन्न ठाउँमा जिम्मेवारी हेरफेरपछि टिकाटिप्पणी हुनु स्वभाविक रहेको बताए । 

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेपछि समाजिक सँजालमा टिकाटिप्पणी गरिएको छ । यसलाई अन्यथा नलिन मन्त्री यादवले आग्रह गरेका छन् । 

मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादवलाई दिएको हो । 

जिम्मेवारी हेरफेरपछि मन्त्री यादवका प्रशँसक सहित उनका पार्टीका समेत कार्यकर्ताहरुले समाजिक सँजालमा असन्तुष्टता जनाएका छन् । फेसबुकहरुमा जिम्मेवारी हेरफेरपछि केही जनाले जिम्मेवारी हेरफेरले प्रदेश सरकार दुरुस्त नहुने भनेर प्रतिक्रिया जनाएका छन् । मन्त्री यादवले यसलाई सहज रुपमा लिन आग्रह गरेका छन् । 

  • 0%
  • 50%
  • 0%
  • 25%
  • 0%
  • 25%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७८ भदौ १३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus