के छ असलियत ?

जनकपुरको दरभँगा सिटी स्क्यानका मालिक 'यादव' भारतीय नागरिक ?

केदार यादवले फेसबुकमा राखेको प्रोफाईलमा समेत भारतीय झण्डा झुण्डयाउनुले उनी भारतीय नागरिक रहेको बुझिएको छ ।

२०७८ भदौ १४ सोमबार
बिहान ०८:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको दरभँगा सिटी स्क्यान सेन्टरका सँचालक केदार यादवको भारतीय आधारकार्ड र नेपाली नागरिकता सहित दोहोरो नागरिक रहेको आरोप लगाइएको छ । 

जनकपुरको प्रादेशिक अस्पताल अगाडी रहेको दरभँगा सिटी स्क्यानका सँचालक यादव भारतीय नागरिक रहेको आरोप लगाइएको छ । उनी भारत बिहारको दरभँगाको रहेपनि नक्कली नेपाली नागरिकता प्रमाण पत्र बनाएको आरोप छ ।  

२०६३ सालमा बनाएको नागरिकतामा उनको नाम केदार यादव रहेको छ भने बुवाको नाम बलदेव यादव रहेको छ । निर्वाचन आयोगले प्रदान गर्ने मतदाता परिचय पत्र तथा मतदाताको सूचिमा समेत केदार यादवको नाम फेला परेनन् ।  

भारत विहारको दरभँगा मूलबासी रहेका केदार यादव गैर–कानुनी तरिकाले सिटी स्क्यानको मेसिन जनकपुर भित्रयाएको खुलेको छ । सो सिटी स्क्यानको मेसिन दरभँगास्थित स्थापना गर्न भारत सरकारको कागजी प्रक्रिया रहेपनि यादवले नेपालको जनकपुरमा सिटी स्क्याको मेसिन झुक्याएर ल्याएको बुझिाएको छ । 

उनीसँग नेपाली नागरिकताको प्रमाणपत्रको साथै भारतको आधारकार्ड पनि रहेको छ । आधारकार्ड भारतमा पहिचानको लागि मानिने कागजात हो, यद्यपी आधारकार्ड नागरिकता भने हुँदैनन् । तर, नागरिक भारतीय हो भनेर पहिचान दिने असली प्रमाणको रुपमा मानिन्छ । 

भारतमा सरकारी सेवा सुविधा उपभोग गर्नको लागि भारतीय नागरिकहरुलाई आधारकार्ड अनिवार्य गरिएको छ । केदार यादवसँग समेत भारतीय आधारकार्ड रहेकोले उनी भारतीय नागरिक रहेको बताइएको छ । 

उनको नागरिकतामा धनुषाको धनुषा गोविन्दपुर मुँगराहा ठेगाना रहेको छ , जो की हाल धनुषाधाम नगरपालिका वडा नम्बर १ मा पर्दछ । वडा नम्बर १ को मतदाता परिचय–पत्र , मतदाता नामाबलीमा केदार यादवको नाम छैनन् । न त बलदेव यादवको नाम नै भेटिन्छन् । 

उनको नेपाली नागरिकता नम्बर २६३२२१९५ रहेको छ । जुन धनुषा जिल्ला प्रशासन कार्यालयबाट मिति २०६३ जेठ ०९ गते जारी गरिएको छ । उनलाई बँशजको आधारमा नागरिकता प्रदान गरिएको देखिएको छ । उनको भारतीय आधार कार्डमा ९३३७४४००६६८४ नम्बर रहेको छ । केदार यादवले फेसबुकमा राखेको प्रोफाईलमा समेत भारतीय झण्डा झुण्डयाउनुले उनी भारतीय नागरिक रहेको बुझिएको छ । एक प्रोफाईलमा नेपाली झण्डा पनि झुण्डयाएका छन् । 

उनको फेसबुकमा अधिकाँश पोष्टहरु हिन्दी भाषामा रहेको छ । उनको फेसबुकमा अधिकाँश पोष्टहरु भारत, बिहार, दरभँगाको रहेको रहेको छ । यसअघि उनी दरभँगामै दरभँगा सिटी स्क्यान सँचालन गर्दै आएका थिए । 

भारतीय नागरिक भएको वा नेपाली नागरिकताको असलियत के रहेको बारे बुझनको लागि केदार यादवको मोबाइल नम्बर ९८१७६९०६६८ मा सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेनन् । 

  • 0%
  • 77%
  • 0%
  • 0%
  • 3%
  • 0%

झिझियामा भोजपुरी गीतमा नाच्न पाउनुपर्ने भन्दै स्टेजमै जेष्ठ नागरिकसँग दुरव्यहार

  • २०७८ भदौ १४ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. ३ नरहास्थित आयोजना गरिएको झिझिया प्रतियोगितामा एक जेष्ठ नागरिकसँग मँचमै एक किशोरीले दुरव्यवहार गरेकी छन् ।  लोकनृत्य मानिएको झिझिया प्रतियोगितामा झिझिया

पूरा पढ्नुहोस्

Bureau Menus