यस्तो किन ?

जानकी मन्दिरमा मुख्यमन्त्रीको बोर्ड फेरी लगाउँछौ, कसैलाई ताकत भए हटाएर देखाओसः यादव 

आज लालबाबु राउत छ त भोली अन्य जना हुन्छ । त्यसमा धार्मिक हिसाबले व्यवहार गर्नु राजनीतिक प्रतिशोध थियो ।”

२०७८ भदौ १५ मंगलबार
रति ८:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का युवा नेता नविन यादवले मुख्यमन्त्रीको बोर्ड जानकी मन्दिर पुनः लगाउने चेतावनी दिएका छन् । 

केही दिन अघि जनकपुरको विश्वप्रसिद्ध जानकी मन्दिर परिसरभित्र रहेको होडिँड बोर्डहरु हटाएकोप्रति प्रक्रिया दिँदै यादवले मुख्यमन्त्रीको बोर्ड च्योतेको र लात्तले हान्नु राजनीतिक प्रतिशोध मात्र दर्साएको बताए । 

नेकपा एमाले समर्थित युवाहरुले जानकी मन्दिरमा भएको होडिङग बोर्डहरु हटाएका थिए । सो क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको “बेटी पढाउ, बेटी बचाउ” अभियानको नारा सहितको होडिँड च्योतेको थियो । 

सो क्रममा उनीहरुले अन्य बोर्डहरुलाई साधारण रुपले सफाई गरेपनि मुख्यमन्त्रीको फोटो अँकित बोर्डलाई च्यातेर सामुहिक रुपमा लात्तले हानेको भिडियो सार्वजनिक भएको थियो । त्यसलाई राजनीतिक प्रतिशोध मात्र भएको बताएका छन् । 

उनले भने,–“जानकी मन्दिर कसैको बपौटी हो त ? नत्र मुख्यमन्त्रीको कुर्शी नै कसैको बपौटी हो । आज लालबाबु राउत छ त भोली अन्य जना हुन्छ । त्यसमा धार्मिक हिसाबले व्यवहार गर्नु राजनीतिक प्रतिशोध थियो ।”

जानकी मन्दिरमा एमालेका कार्यकर्ताहरुले देखाएको उच्छृँगल गतिविधिप्रति ध्यानाकर्षण गर्दै नेता यादवले पुनः मुख्यमन्त्रीको बोर्ड झुण्डयाउने चेतावनी दिए । उनले भने–“कसैलाई ताकत छ भने फेरी पनि बोर्ड हटाएर देखाओस्, जनकपुरमा के हुन्छ उनीहरु आफैँ बुझछन् ।”

गत शनिबार दिउँसो एमाले समर्थित सरोज मिश्र लगायतका युवाहरुले जानकी मन्दिरभित्र रहेको मुख्यमन्त्रीको अभियानको होडिँग हटाएका थिए । उनीहरुले एक अर्को होडिँग बोर्ड झुण्डयाउँदै जानकी मन्दिर भित्र धार्मिक बाहेकका अन्य कुनै पनि बोर्ड नलगाउन तथा धार्मिक बाहेका अन्य कुनै पनि भिडियो नबनाउन आग्रह गरेका थिए । 

तर, जुन प्रकारले मुख्यमन्त्रीको होडिँड बोर्ड च्यातियो त्यो सँकिर्णता र राजनीतिक प्रतिशोध मात्र रहेको यादवले थपे । उनले अब लगाउने बोर्ड हटाउन चुनौति समेत दिएका छन् । 

  • 0%
  • 30%
  • 0%
  • 0%
  • 0%
  • 50%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७८ भदौ १५ मंगलबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus

} }