युवतिसँग मोबाइल नम्बर मागेपछि युवकलाई बीच सडकमै चप्पलले कुटिन

केही बेर युवतिलाई जिस्काएपछि वेवास्ता गरेकी थिएन, तर अधिक गर्न थालेपछि गुरवारे थाना नजिक गएर उनलाई चप्पले पिटेकी हुन् । 

२०७८ भदौ २४ बिहीबार
बेलुकी ५:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । काम गरेर फर्केदै गरेकी एक युवतिसँग एक युवकले मोबाईल नम्बर मागेपछि युवतिले चप्पले कुटेको भिडियो पनि भाइरल बनेको छ । 

यो घटना छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यको रायबरेलीस्थित एक युवतिले बीच बजारमा एक युवकलाई चप्पले हिर्काएको भिडियो अहिले समाजिक सँजालमा भाइरल बनेको छ । 

केही दिन अघि एक युवतिले एक क्याब ड्राईभरलाई थप्पड हानेको काण्डपछि युपी मै पुनः चप्पल गर्लको चर्चा चलेको छ । सडकमा हिडदै गरेकी एक युवतिलाई बीच सडकमै जिस्काएको आरोपमा उनलाई चप्पले पिटेको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । 

बीच बजारमा युवतिलाई जिस्काएको तथा मोबाईल नम्बर माग्दै परेशान गरेपछि पीडित बनेकी युवतिले रिसमा आएर उनलाई चप्पले कुटेको बताइएको छ । यो घटना रायबरेलीको डलमउ तहसिलस्थितको घटना हो । 

स्थानीय ज्योतिमा नामक युवतिले अदालतबाट तारिखको शिलशिलामा भएर आफ्नो घर फर्कदै गरेको अवस्थामा युवकले उनलाई जिस्काएको आरोप छ । केही बेर युवतिलाई जिस्काएपछि वेवास्ता गरेकी थिएन, तर अधिक गर्न थालेपछि गुरवारे थाना नजिक गएर उनलाई चप्पले पिटेकी हुन् । 

ज्योतिमाका अनुसार आफू यादव रहेको र युवक मुसलमान रहेको छ । आफूलाई बाटोमा मैडम भनेपछि आक्रोसित युवतिले उनलाई कुटपिट गरेको भारतीय सँचारमाध्यमहरुमा समाचार छ । उनलाई कुटदै गरेको भिडियो अहिले समाजिक सँजालमा भाइरल बनेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

सिरहाको यी पाँच स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन हुने

  • २०७८ भदौ २४ बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको पाँच वटा स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने भएको छ ।  पूर्वपश्चिम हुलाकी राजमार्गसँग जोडिएको सिरहा नगरपालिकासहित भगवानपुर, नवराजपुर, बरियारपट्टी र औरही

पूरा पढ्नुहोस्

Bureau Menus