प्रहरीको अपरेशन

प्रदेश २ः जाली नोटको कारोबार गर्ने गिरोह होटलबाट पक्राउ 

घटनाको बारेमा प्रहरीले राति अबेलासम्म पनि थप विवरण उपलब्ध गराएको छैन ।

२०७८ भदौ २७ आइतबार
बिहान ११:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा । जाली नोटको कारोबार गर्ने एउटा गिरोहका ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले शनिबार नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट प्रहरीले ९३ लाख नक्कली नेपाली रुपैया पनि बरामद गरेको छ । निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट पक्राउ परेका उनीलाई नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय कलैया लगिएको छ ।

काठमाण्डौंबाट आएको व्युरोको टोलीले निजगढस्थित होटल तारा इनबाट नक्कली नोटको कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएपछि थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ बाट दिउसो ३ बजे पक्राउ परेका हुन ।

 प्रहरीले एउटा घरको गाई भैसी बाध्ने गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले घटनाको बारेमा थप विवरण दिन चाहेको छैन । तर पक्राउ परेका सबै मधेसीमूलका नेपाली नागरिक भएको बुझिएको छ । तारा इनमा पक्राउ परेका र गुजरामा रकमसहित नियन्त्रणमा लिइएका व्यक्तिहरुको एउटै ‘कनेक्शन’ भएको पनि बताइएको छ ।

होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा व्युरोको टोली काठमाण्डौंबाट सिधै निजगढ आइपुगेको थियो । जिल्ला प्रहरी कार्यालय कलैया र ईलाका प्रहरी कार्यालयमासमेत कुनै जानकारी नदिइ नेपाल प्रहरीको ‘स्पेशल टास्क फोर्स’ को साथमा ठुलो संख्यामा आएको व्युरोे टोलीले उच्च सर्तकताका साथ बिहान ११ बजे होटलमा ‘रेड’ गरेको हो ।

छापामारी गर्ने क्रममा व्युरोका सुरक्षाकर्मीले ईलाका प्रहरी कार्यालयका प्रहरीलाई समेत होटलभित्र पस्न दिएका थिएनन भने सर्वसाधारणलाई होटलअगाडि सडकमा हिडडुल गर्न समेत रोक लगाएका थिए ।

व्यूरोको टोलीले छापामारी थालेपछिमात्रै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले घटनाबारे जानकारी पाएका हुन । ‘घटनाबारे शुरुमा केही कुरा पनि जानकारी थिएन, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले भन्नुभयो, गाउँले र सर्वसाधारणले आफुलाई फोन गरेर सोधखोज गर्न थालेछिमात्रै थाहा भयोे ।’

ईलाका प्रहरी कार्यालयको टोली दिउसो १२ बजेपछि मात्रै होटलमा पुगेको हो । होटलबाट नियन्त्रणमा लिएका ३ जना व्यक्तिहरुलाई साथमा लिएर गुजरातर्फ लागेको व्युरोको टोलीले रकमसहित थप २ जनालाई नियन्त्रणमा लिएको हो ।

यसैक्रममा अनुमति नलिइ नियन्त्रणमा लिइएका व्यक्तिको भिडियो खिचेको भन्दै प्रहरीले नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष एंव रेडियो निजगढकी समाचार प्रमुख मनिता पाण्डेको भिडियोसमेत डिलेट गरेको छ ।

होटलमा ‘रेड’ हानेको विषयमा समाचार संकलन गर्न पुग्नुभएकी न्यूज २४ की बारा संवाददाता समेत रहनुभएकी पाण्डेको मोवाईलमा रहेको भिडियो प्रहरीले डिलेट गरेको हो । प्रहरीले पाण्डेको क्यामारा खोसेर भिडियो डिलेट गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा लैजादै गरेको भिडियो खिच्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले मोवाईल खोसेर भिडियो डिलेट गरेको पत्रकार पाण्डेले बताइन् ।

यसैबीच पत्रकार पाण्डेको मोवाइल खोसेर दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारीले भ्रत्सना गरेका छन् । 

त्यस्तै नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष गुरुप्रसाद गौतमले प्रहरीले स्वतन्त्र प्रेसमाथि गरेको व्यवहार निन्दनीय भएको बताए। उनीहरुले घटनामा संलग्नलाई कारबाहीको समेत माग गरेका छन् ।

घटनाको बारेमा प्रहरीले राति अबेलासम्म पनि थप विवरण उपलब्ध गराएको छैन । प्रहरीले दिनभरि नै कसलाई र के कारणमा नियन्त्रणमा लिएको हो भन्ने बारेको विवरण गोप्य नै राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले घटना बारे आफुलाई कुनै जानकारी नभएको बताए । ‘ठुलै घटनासंग सम्बन्धि अपराधि पक्राउ परेको भएको हुन सक्छ,’ ईलाका प्रहरी कार्यालय निजगढ स्रोतले भन्यो– अहिले अनुसन्धान भईरहेको छ ।’


यात्राडेलीमा समाचार छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७८ भदौ २७ आइतबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }