'रजनीश सिँह' बने मल्टीपर्पस फाईनान्स कम्पनीका कार्यकारी प्रमुख 

 चालू यसै आर्थिक वर्षमा मल्टीपर्पस फाइनान्स कम्पनीको थप ५ वटा शाखा कार्यलय संचालन गर्ने योजना

२०७८ भदौ २८ सोमबार
बेलुकी ७:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मल्टीपर्पस फाइनान्स कम्पनि लिमिटेडका कार्यकारी प्रमुखमा रजनिश सिंह नियुक्त भएका छन् ।

प्रदेश नं २ को सिरहा,सप्तरी, धनुषा, सर्लाही र महोत्तरी गरि ५ जिल्ला कार्य क्षेत्रको जिम्मेवारीका लागी नियुक्त गरेको हो । 

मल्टीपर्पस फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सिंहलाई ०७८ भदौ २५ गते देखि लागू हुनेगरी नियुक्ती गरिएको छ । सिंह बिगत दुई दशक भन्दा बढि विभिन्न वृत्तिय संस्था हरुमार्फत जनता माझ वृत्तिय सेवाहरु प्रदान गर्दै आएका छन् ।

 बिगतको ८ वर्ष बैंक अफ काठमाडौं, १२ बर्ष सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत र ३ बर्ष जानकी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत का रुपमा जिम्मेवारी समहाली जनता माझ सेवा पुर्याइ सकेका हुन ।

प्रमुख कार्यकारी अधिकृत सिंहका अनुसार अधिकांस ग्रामिण भेगका जनता वित्तीय साक्षरताको पहुँचसम्म पुग्न सकेका छैनन् । अहिले पनि उनीहरु वित्तीय साक्षरताको अभावमा सामाजमा भईरहेको आर्थिक गतिविधिबारे अनभिज्ञ छन् ।

 वित्तीय पहुँच बढाउनका लागि ग्रामीण र कृषिमुखी कार्यक्रम अन्तर्गत लघु र साना ग्रामीण उद्यमहरूको विकास हुनु जरुरी रहेको बताए ।

विगतमा जुन प्रतिष्ठानमा रहि कार्य गरेको त्यो प्रतिष्ठानहरु अहिले निकै नै प्रगती गरेको अधिकांश बैकका अधिकृतहरु बताउँछन् । निजको कार्यकालमा प्रदेश नम्बर २ का जनताले सर्वसुलभ बैंककिङ्ग सुबिधा उपभोग गर्न पाएका थिए र बिगत झै पाउने अपेक्षा रहेका छन् ।

 चालू यसै आर्थिक वर्षमा मल्टीपर्पस फाइनान्स कम्पनीको थप ५ वटा शाखा कार्यलय संचालन गर्ने योजना रहेको जानकारी गराए ।

  • 46%
  • 0%
  • 0%
  • 9%
  • 0%
  • 0%

कोशीमा बज्यो खतराको साईरन, ४२ वटा ढोका खोलियो 

  • २०७८ भदौ २८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ र प्रदेश नम्बर १ को सीमाको रुपमा रहेको सप्तकोशी (कोशी) नदीमा पानीको बहाब उच्च भएको छ ।  कोशी ब्यारेज कन्ट्रोल शाखाका अनुसार, बिहान ९

पूरा पढ्नुहोस्

Bureau Menus