अनियमितताको चाँग

मन्त्रीका छोरा सुमितको सेटिँगमा १६ करोड स्वाहा 

 जुन प्रयोजनको लागि पेश्की दिएको हो सो प्रयोजन अनुसार कार्य सम्पन्न गरी पेश्की फर्छौट गर्नु पर्ने कानूनी व्यवस्था छ ।

२०७८ भदौ २८ सोमबार
रति ९:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को समाजिक विकास मन्त्रालयमा करोडौं अनियमितता भएको खुलासा भएको छ । 

प्रदेश सरकार स्थापनाकालदेखि नै भ्रष्टाचारमा बदनाम समाजिक विकास मन्त्री नवल किशोर साहले आर्थिक वर्ष २०७६।०७७ मा नियम विपरीत १६ करोड भन्दा बढीको काम गरेको खुलेको हो ।

हालै महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा नियम विपरीत खर्च गरेको भन्दै समाजिक विकास मन्त्रालयको १६ करोड बेरुजु ठहराएको छ ।

प्रतिवेदन अनुसार समाजिक विकास मन्त्रालय तर्फ रु।९ करोड १९ लाख ६८ हजार वेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि मन्त्रालयले १ करोड १८ लाख ३६ हजार रुपैयाँ वेरुजु फर्छयोट गरेको छ । 

यद्यपी समाजिक विकास मन्त्री साहको सेटिंगमा प्रक्रिाय विपरीत खर्च गरिएको ८ करोड १ लाख ३२ हजार रकम वेरुजु बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

समाजिक विकास मन्त्रालयको मातहतको कार्यालय, संस्था तथा समिति तर्फ रु. ८ करोड २५ लाख ८० हजार रकम वेरुजु देखिएकोमा प्रतिक्रियाबाट फर्छयोट नभएकाले समाजिक विकास मन्त्रालयको एक वर्षमा १६ करोड २७ लाख १२ हजार अभैm वेरुजु रहेको प्रतिवेदनमा देखिएको छ ।

उक्त वेरुजु मध्ये ३ करोड ६८ लाख ७२ हजार रकम समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की रहेको महालेखापरिक्षकले जनाएको छ । मन्त्रालय अन्तर्गत रहेका ७ संस्था तथा समिति तर्फ १ करोड ४५ लाख २१ हजार रकम म्याद नाघेको पेश्की रहेको छ ।

महालेखा परिक्षक प्रतिवेदन अनुसार समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की ५ करोड १३ लाख ९३ हजार रुपैयाँ पेश्की रहेको छ ।

 जुन प्रयोजनको लागि पेश्की दिएको हो सो प्रयोजन अनुसार कार्य सम्पन्न गरी पेश्की फर्छौट गर्नु पर्ने कानूनी व्यवस्था छ । लेखापरीक्षणबाट म्याद नाघेका पेश्की नियमानुसार असूल गर्न महालेखापरीक्षकले भनेको छ ।

समाजिक विकास मन्त्री साह र उनका छोरा सुमित साह सुडि कमिशनको चक्करमा मिलोमतोमा अनियमित तरिकाले बजेट खर्च गर्दा वेरुजु र पेश्कीको चाँङ्ग लागेको छ । 

समाजिक विकास मन्त्रालयको बजेटमा भ्रष्टाचार हुनु कुनै नौलो घटना होईन । यस अघि पनि मन्त्री साह र उनको छोराको कमिशनको घटनाहरु सार्वजनिक भइसकेको छ । महालेखा परिक्षक प्रतिवेदनले यस मन्त्रालयको खर्च र भ्रष्टाचारको जडलाई बाहिर ल्याएको मन्त्रालय भित्र नै चर्चाछ ।


मन्त्री पद बचाउन महतोसँग ब्रेकअप गरी यादवसँग प्याचअप

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०बाट नेता राजेन्द्र महतोको कोटामा समाजिक विकास मन्त्री बनेका थिए । पछि संघीय समाजवादी फोरम र राजपाको एकता भएर जसपा हुँदा सुरुमा उनी राजेन्द्र महतोकै कित्तामा थिए ।

 तर जसपामा विवाद चुलिएपछि मन्त्री पद गुम्छ भन्दै उनी उपेन्द्र पक्षमा खुलेका थिए । साह जसपाका कार्यकारिणी सदस्य रहेको कारण पार्टी आधिकारिकताको लागि उपेन्द्र यादवले आफ्नो साथ लिएर उनको मन्त्री पद बचाएका छन् ।

महन्थ ठाकुर राजेन्द्र महतो तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जाँदा मुख्यमन्त्री लालबाबु राउतले महन्थ र राजेन्द्र पक्षका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसहित तीन राज्यमन्त्रीलाई समेत बर्खास्त गरेका थिए ।

 तर उपेन्द्रको पक्षमा लागेका मन्त्री साह र उद्योग वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायको पद मुख्यमन्त्री राउतले जोगाएका छन् । दुबै मन्त्री भ्रष्टाचार र व्यवहारमा व्यापक बदनाम भएपनि मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई संरक्षण गर्दै आएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

पश्चिमबाट पूर्वतर्फ सर्यो बर्षा, प्रदेश २ सहित यी ४ प्रदेशमा आजराती भारी बर्षाको सम्भावना 

  • २०७८ भदौ २८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।  गत

पूरा पढ्नुहोस्

Bureau Menus