धनुषामा बम पडकाएर डकैती, नगद र गहना लुटेर लगे डकैत 

न्यूज ब्यूरोसँगको कुराकानीमा उनले बाँसको टाट फोडेर ३५ हजार रुपैयाँ नगद र गरगहना समेत चोरी भएको बताए । 

२०७८ भदौ २९ मंगलबार
बिहान ०९:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती डकैती भएको छ । डकैतहरुले बम समेत पडकाएको स्थानीयहरुले जनाएका छन् । 

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ कुम्हरा टोलस्थित गएराती करिब १ः३० बजेको समयमा डकैती भएको स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

स्थानीय सिटहु यादवको घरमा डकैती भएको स्थानीयले बताएपनि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतका अनुसार, प्रकृति चोरीको देखिएको बताए । 

स्थानीयहरुका अनुसार डकैती भएको र लुटपाट पश्चात डकैतले बिस्फोट गराएको शंकास्पद वस्तुमा (बम भनिएको) दुईजना घाइते समेत भएका छन् । यद्यपी, जिल्ला प्रहरी कार्यालय धनुषाले त्यसको यकिन नभएको बताएको छ । 

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी टोली अहिले घटनास्थलमा पुगेर मुचुल्का गरिरहेको प्रवक्ता बस्नेतले बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा उनले बाँसको टाट फोडेर ३५ हजार रुपैयाँ नगद र गरगहना समेत चोरी भएको बताए । 

बम फालेको, विस्फोट भएको बारेमा कुनै यथार्थ जानकारी अहिले नआएको उनले बताए । यसको अनुसन्धानको लागि प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ । 

  • 0%
  • 2%
  • 0%
  • 0%
  • 1%
  • 97%

खेतमै भिजेको धानलाई यसरी बचाउनुहोस् 

  • २०७८ भदौ २९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । हाल तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ ।भित्र्याउने अवस्थामा

पूरा पढ्नुहोस्

Bureau Menus