जेसी सप्ताहको पहिलो दिन अनाथ आश्रममा खाद्यान्न वितरण 

२०७८ भदौ २९ मंगलबार
दिउसो १२:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर जेसिजद्धारा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ । 

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार जेसिज जनकपुरका जेसी रजनीश कुमार साहको सँयोजकत्वमा जनकपुरधामस्थित रहेको कबीर बाल आश्रममा खाद्यान्न समाग्री प्रदान गरिएको छ । 

पहिलो दिनको कार्यक्रम फुड ग्रेन किट डिस्ट्रीब्यूशन कायक्रम अन्तर्गत अनाथ आश्रममा बालबालिकाहरुको लागि खाद्यान्न वितरण गरिएको हो । जनकपुर जेसीजको अध्यक्ष जेसी मनोज कुमार साहको अध्यक्षातामा जेसी रजनिश कुमार साहको संयोजकमा खाद्यान्न वितरण गरिएको हो । 

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष जेसी जितेंद्र महासेठको प्रमुख आथित्यमा कबिर बाल अनाथ आश्रमका सँचालक सत्यनारायण आलोक मार्फत खाद्यान्न समाग्री प्रदान गरिएको हो । 

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष निर्मल चौधरी ,जनकपुरधाम उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मनिष रमन साह ,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी गौतम साह, जनकपुर जेसीजका पूर्व अध्यक्ष जेसी सुधिर पजियार लगायतका व्यक्तित्वहरुको रोहबरमा समाग्री वितरण गरिएको हो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

व्यवसायी, रोजगारी र उद्योगको दिगो विकासका लागि पूल भएर काम गर्छु : उमेदवार साह

  • २०७८ भदौ २९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त २८ गते जनकपुरमा हुने जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावको तयारी तीव्र रुपमा गरिएको छ । जनकपुरका व्यावसायी, व्यापारीहरु अहिलेदेखि नै चुनावको तैयारीमा जुटेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus