प्रदेश २ः देवर र देवरानीलाई जन्मकैद

 बेचनीदेवीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो ।

२०७८ भदौ २९ मंगलबार
बेलुकी ५:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय भएको छ । 

राजविराज–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्यामा संलग्न ३५ वर्षीय पञ्चदेव र उनकी श्रीमती ३१ वर्षीया प्रमिलादेवीई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।  

न्यायाधीश ऋषिराम आचार्यको एकल इजलाशले साह दम्पतीलाई उक्त सजायको फैसला गरेको हो । यस्तै हत्यामा संलग्न प्रमिलाका भाइ डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाईसमेत अदालतले तीन वर्ष कैदको फैसला गरेको छ । 

अदालतले राजविराज नगरपालिका–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहलाई भने सो घट्नामा सफाइ दिएको छ ।  

    साह दम्पतीका छोरा १६ वर्षीय सन्तोष, हत्या गरिएकी बेचनीदेवीकी सासू ५५ वर्षीया शोमादेवी, सोही ठाउँका ३५ वर्षीय जयनारायण साह, ५० वर्षीय ताराचन्द्र साह, ६४ वर्षीय गोपी साह, नन्दी मण्डल र ६३ वर्षीय चलितर साहको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
    
    बेचनीदेवीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला परेको थियो । बेचनीदेवीका बुबा रामकुमारले २०७६ असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएको थियो ।  

  • 0%
  • 0%
  • 17%
  • 50%
  • 0%
  • 0%

रुपन्देहीमा झडपको लागि उक्साउने साबिर अली पक्राउ, सार्वजनिक शान्ती विरुद्धको कसुरमा मुद्दा 

  • २०७८ भदौ २९ मंगलबार

न्यूज ब्यूरो, बुटबल । रुपन्देहीको मोतीपुर घटनाका मुख्य आरोपी साबिर अलिलाई प्रहरीले पक्राउ गरेको छ ।  कपिलबस्तुको शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका ४४ वर्षका साबिर बुटवल ११ देवीनगरमा डेरा गरि

पूरा पढ्नुहोस्

Bureau Menus