राजमार्ग मर्मतको माग गर्दै सिरहा मिर्चैयाका स्थानीयवासी आन्दोलनमा

२०७८ भदौ २९ मंगलबार
बेलुकी ५:२४ बजे

न्यूज ब्यूरो, सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन् । 

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासी सडक मर्मतको मागसहित आन्दोलनमा उत्रेका हुन् । 

आन्दोलन अन्तर्गत स्थानीयवासीले आइतबार र सोमबार केही बेर पूर्व–पश्चिम राजमार्गको मिर्चैया सडकखण्ड अवरुद्ध पारेर विरोध जनाएका थिए । तत्काल सडक मर्मत नभए अझ कडा आन्दोलनमा उत्रिने स्थानीयवासीको भनाइ छ । 

दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दापनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउछन् । 

राजमार्गको ठाउँठाउँमा गरिएको कालोपत्र अघिल्लो वर्षको असार साउन महिनाको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै एक वर्ष भन्दा बढी समय बितेपनि टालटुलसमेत हुनसकेका छैन् । 

खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस विसौनीमा रहेका ठूल–ठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्न समेत समस्या भइरहेको छ । 

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढे्को स्थानीय व्यापारी अशोक साहले बताए । 

राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । 

यता मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले सडकको दुर्दशाप्रति आफूहरु पनि चिन्तित रहेको उल्लेख गर्दै सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुर रेल्वेमा नोकरी, यसरी भर्नुहोस अनलाईन फारम (सबै तरिका सहित)

  • २०७८ भदौ २९ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले माग गरेको विभिन्न पदको लागि अनलाईन आवेदन समेत माग गरेको छ ।  प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा रहेको केन्द्रीय कार्यालयले माग

पूरा पढ्नुहोस्

Bureau Menus