सोनमा गाउँपालिकाको बेतिथिः जलेश्वरदेखि जनकपुरसम्म एकै जनाको भ्रमण भत्ता सवा ६ लाख 

यसका साथै, महोत्तरीस्थित रहेको दुईवटा मिडियालाई गैर काुननी रुपमा भुक्तानी गरेको पाईएको छ ।

२०७८ भदौ २९ मंगलबार
बेलुकी ७:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिकाको बेतिथिलाई महालेखा नियन्त्रण कार्यालयले प्रतिवेदनमा देखाएको छ । 

प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित रहेको सोनमा गाउँपालिकामा जलेश्वरदेखि जनकपुरसम्म भ्रमण भत्ताको नाममा एकै जनालाई ६ लाख बढी रकम भुक्तानी गरेको देखाएको छ । 

भ्रमणको उपलब्धी, भ्रमणको कारण समेत खुलाई भ्रमण भत्ता लिनुपर्नेमा जलेश्वरदेखि जनकपुरसम्म २५ किलोमिटरको दुरीमा एकै जनाले ६ लाख १४ हजार ६ सय ५० रुपैयाँ देखाएको छ । 

भ्रमणमा खटिने कर्मचारीहरुले निश्चित अनुसूचि फारम भरेर कारण सहित खुलाई प्रतिवेदन समेत पेश गर्नुपर्नेमा प्रतिवेदन पेश नगरेको भन्दै महालेखा नियन्त्रण महाशाखाले सो रकम बेरुजु देखाएको हो । 

गाउँपालिकाले २०७६ सालमा खरिद गरेको विभिन्न जिन्सी समानमा व्ययभार बढाएको प्रतिवेदनमा उल्लेख छ । बजारमा पाइने पाइलट पेनको अधिकत दर एउटाको ८० रुपैयाँ पर्ने गरेकोमा गाउँपालिकाले खरिद गरेको पाइलट पेनको मूल्य करिब ३३४ रुपैयाँ देखाएको छ । 

बजारमा अधिक भन्दा अधिकमा ८० रुपैयाँ मात्र पर्ने पाइलट पेनको मूल्य ३३४ रुपैयाँमा खरिद गरी सीधा भ्रष्टाचार गरेको देखिएको छ । यस्तै जेल पेनको मूल्य अधिकतम २० रुपैयाँदेखि २५ रुपैयाँसम्म पर्ने गरेकोमा गाउँपालिकाले ५० रुपैयाँमा किनेको देखिएको छ । पेनमा पनि तेब्बर व्ययभार भएको प्रतिवेदनमा उल्लेख छ । 

गाउँपालिकाले कर्मचारीको लागि किनेको तौलिया एउटाको मूल्य १००० बढी देखाएको छ । ५ रुपैयाँमा पाइने रेकर्ड फाईलको मूल्य १३ रुपैयाँ देखाएको छ । यस्तै अन्य विभिन्न जेनेरल स्टोर्सबाट सोझै समान खरिद गर्दा ९ लाख भन्दा बढी बेरुजु देखाएको छ । खरिद गरेपछि कागजातहरु पेश गर्नुपर्नेमा कर्मचारीले कागजात पेश नगर्दा त्यसलाई बेरुजु देखाएको हो । 

गाडी भाडाको नाममा दिगम्बर कुमार रायलाई एकै पटक २२ लाख ४८००० रुपैयाँ भुक्तानी गरेको छ । प्रतिवेदनमा उपभोगको आधारमा दैनिक ३००० का दरले भुक्तानी गर्नुपर्नेमा सार्वजनिक विदा, चाडपर्वको दिनमा समेत गाडीको भाडा जोडिदिएर रकम बढाएको प्रतिवेदनमा उल्लेख छ । 

यसका साथै, महोत्तरीस्थित रहेको दुईवटा मिडियालाई गैर काुननी रुपमा भुक्तानी गरेको पाईएको छ । बन्द भएको रेडियो सोनामाई एफएमलाई ५४००० रुपैयाँ र सूचनामा विभागमा दर्ता नै नरहेको प्रतिक्षाखवर अनलाइन मिडियालाई ५५००० रुपैयाँ भुक्तानी गरेको देखिएको छ । यसमा कर्मचारीले मिलामत्तो गरी अवैद्य रुपमा भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार, केही मिडियाहरुलाई प्यान नम्बरमा दर्ताह हुँदा एउटा बीलमा २० हजार भन्दा बढी भुक्तानी दिन नसक्ने प्रावधान रहेपनि सो भन्दा बढी भुक्तानी गरेको पाइएको छ । प्यान बीलमै २५ हजारदेखि ३० हजारसम्मको बील देखाएको छ । भ्याटमा दर्ता भएपछि मात्र २० हजारभन्दा बढीको बिल काटन पाउने प्रावधान छ । त्यसमा ३ लाख ४३ हजार रुपैयाँ बेरुजु देखाएको छ । 

त्यसमा भुक्तानी लिने मिडिया वा सँस्थाहरुको कुनै गलती नभएपछि भुक्तानी गर्ने कर्मचारीको कार्य सम्पादनमाथि प्रश्न चिन्ह खडा भएको छ । कर्मचारीले बील लिने बेलामा नै प्रक्रिया नपुरयाएको कारण रकम बेरुजु गरिदिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 5%
  • 0%
  • 14%

सिरहाको यी पाँच स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन हुने

  • २०७८ भदौ २९ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको पाँच वटा स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने भएको छ ।  पूर्वपश्चिम हुलाकी राजमार्गसँग जोडिएको सिरहा नगरपालिकासहित भगवानपुर, नवराजपुर, बरियारपट्टी र औरही

पूरा पढ्नुहोस्

Bureau Menus