व्यापारिक समृद्धी

भारतबाट बीरगँज आईपुग्यो रेल, १७ बर्षे सपना पुरा

यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो।

२०७८ भदौ ३० बुधबार
दिउसो १२:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । भारतबाट ९० वटा कन्टेनर सामान लिएर हिम्ड टर्मिनल प्रा।लि।को कार्गो रेल वीरगन्ज आइपुगेको छ । बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

समितिका अनुसार भारतको हल्दियाबाट एक र्याकको कार्गो रेल २० फिट अग्लो र ९० वटा कन्टेनर सामान लिएर आएको छ।

नेपाल(भारत रेल सेवा सुरुआत भएको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आइपुगेको छ । असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधन भएको थियो । यससँगै निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो।

सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो। यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो।

  • 0%
  • 5%
  • 3%
  • 80%
  • 2%
  • 0%

Bureau Menus