धर्मको राजनीति हो ?

मन्दिरबाट मुख्यमन्त्रीको बोर्ड हटाउनेहरु सँघीयता विरोधी, बोर्ड फेरी लगाउँछौँ : यादव 

जनबिद्रोहको उपलब्धिको रूपमा आज मुलुक धर्म निरपेक्षता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको

२०७८ भदौ ३० बुधबार
रति ८:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता नविन कुमार यादवले मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीको पोस्टर र बोर्डहरु च्यात्नेहरु सँघीयता विरोधी रहेको बताएका छन् । 

प्रदेश नम्बर २ को विभिन्न मठ मन्दिरमा मुख्यमन्त्री गद्दीको फोटो अँकित अभियानहरुको बोर्ड हटाएकोप्रति खेद प्रकट गर्दै मुख्यमन्त्रीप्रतिको धार्मिक सोंच बनाउनु सँघीयता विरोधी रहेको बताएका छन् । 

सबै धर्म र जातरजातीलाई सम्मान गर्नु नै मानवतावादी सिद्धान्त रहेको बताउँदै उनले केही संस्थाहरूले हिन्दुको नाममा राजनीति गरी धर्मलाई नै बदनाम पार्दै धार्मिक सहिष्णुतालाई समाप्त पार्न खोजिरहेको आरोप लगाए । 

बहुधार्मिक,बहुसांस्कृतिक तथा बहुभाषीक भएको हाम्रो देश नेपालमा सदियौं देखि नेपाली शासकहरूले मधेशी, आदिवासी/जनजाती,दलित,मुस्लिम पिछडा बर्ग लगायतका सिमान्तकृत समुदायहरूलाई उत्पीडनमा पार्दै शासन गरिरहेको अवस्थामा सँघीयताले सघाएको भएपनि धार्मिक अहिष्णुताले सँघीयता खतरामा पर्ने बताए । 

उनले बिभिन्न ऐतिहासिक आन्दोलनहरु भएको उल्लेख गर्दै खास गरि मधेसी जनअधिकार फोरम नेपालका तत्कालिन अध्यक्ष उपेन्द्र यादवको नेतृत्व भएको ऐतिहासिक मधेश जनबिद्रोहको उपलब्धिको रूपमा आज मुलुक धर्म निरपेक्षता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको दाबी गरे । 

“सात वटै प्रदेशहरुमा मुख्यमन्त्री संस्थाहरूको निर्माण भएको छ तर यो उपलब्धि समाप्त पार्न बिभिन्न चलखेलहरू भइरहेको छ भने कुरामा सचेत हुनु आवश्यक छ । बिभिन्न आन्दोलनहरु बाट प्राप्त उपलब्धिहरु अन्तर्गत नै प्रदेश नं २ मा मुस्लिम समुदायको व्यक्तिले मुख्यमन्त्रीको जिम्मेवारी पाउनु भनेको विभिदतामा एकता हो भने कुरा एउटा प्रतिकको रूपमा लिन सकिन्छ ।” उनले भने । 

संघीय व्यवस्था अन्तर्गत गरिमामय मुख्यमन्त्री संस्था र त्यसको नेतृत्व गर्ने व्यक्ति कुनै धर्म तथा जातको हुँदैन भने कुरा बुझ्नु आवश्यक रहेको उदृत गर्दै उनले मुस्लिम समुदायले देशको नेतृत्व लिन नहुने चिन्तन राख्नु संवैधानिक सिद्धान्त वितरित सोच रहेको बताएका छन्।

उनले भनेका छन्–“समाजमा त्यस्ता किसिमका गन्ध फैलाएमा कसैको भलो नहुने भएकोले यसलाई सामाजिक अपराध गरेको सरह मान्न सकिन्छ त्यस्ता खाले व्यक्ति वा संस्था संघीयता विरोधी पनि मान्न सकिन्छ ।”

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७८ भदौ ३० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus