सुरक्षाकर्मी की तस्कर ?

सिरहाका एसपी 'पाण्डे' को इसारामा तस्करको लाईन, यी घुमुवाहरु गराउँछन मालसमान पार 

एसपी पाण्डले सबै विवरण नखुलाउन डिएसपीलाई दबाब दिएको

२०७८ भदौ ३१ बिहीबार
बिहान ०९:२७ बजे

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ को सिरहा जिल्लास्थित भारतसँग रहेको सीमानाकामा अहिले व्यापक तस्करी फस्टाएको छ । 

सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गराउँछन् । जिल्ला प्रहरी कार्यालय सिरहाका घुमुवाको सक्रियता पनि उत्तिकै देखिन्छन भने मातहतका प्रहरी चौकीका घुमुवाहरुले तस्करलाई स्कटिँग समेत गर्ने गरेको छ । 

जिल्लाका घुमुवा भनेर चर्चामा समेत रहेको सँतोष झा र मनोज यादव नै जिल्ला चलाउँछन् । उनीहरु दुवै जना सीमामा मात्र नभएर जिल्लाको विभिन्न व्यापारिक क्षेत्रमा गएर तस्करसँग लाइन मिलाउँछन् । सिरहाका एसपी हिराबहादुर पाण्डेले कुनै पनि एक्सन लिन नसक्नु उनीमाथि प्रश्न उठेको छ । एसपी पाण्डेकै ईसारामा सबै सेटिँग भएको बताइन्छ ।

घुमुवाहरु झा र यादव सहित प्रमोद यादव, कृष्ण यादव, अनिल लगायतका घुमुवाहरु सीमादेखि जिल्लाको सीमासम्म सेटिँग मिलाउँछन् । उनीहरु पूर्व पश्चिम राजमार्ग समेत उनीहरुको समानलाई स्कटिँग गरेको देखिन्छन् । 

सीमाका सुरक्षाकर्मी र जिल्लाभर परिचालित घुमुवा प्रहरीसँगको सेटिङमा भित्रायाइँदै गरेको ठूलो परिमाणको औषधि गत हप्ता बिहान लहान प्रहरी प्रमुख डिएसपी डा. तपन दाहालले बरामद गरेपछि तस्करीमा प्रहरी नै संलग्न रहेको खुलेको थियो । ‘एसपीले छाड्ने डीसपीले नछाड्ने भएपछि त्यहाँ दुवै जनाको टसल शुरु भएको छ’, प्रहरी स्रोतले भन्यो ।

लहान–भगवानपुर–ठाढी सडक खण्डअन्तर्गत लहान नगरपालिका–१९ कटहा चोकबाट लु १ स ८००७ नम्बरको मेक्सी भ्यानमा राखी भारतबाट ल्याउदै गरेको ७५ लाख ५६ हजार ८ सय रूपैयाँ बराबरको औषधि बरामद गरेपछि एसपी पाण्डे र डा. दाहालबीच टसल शुरु भएको हो ।

एसपीका घुमुवाको मिलेमतोमा रिकल–केटु–सेभेन नामको औषधि ३५ लाख ९३ हजार ९ सय २० रूपैयाँ, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १ सय ६० रूपैयाँ र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७ सय २० रूपैयाँबराबरको बरामद भएको थियो । उनीहरुले कागजी प्रमाणबिना भारतबाट ठाढी नाका हुँदै ल्याइएका यी औषधि कहाँ लागिँदै थियो भन्नेबारे कसैलाई पनि थाह थिएन ।

औषधि बोकेको गाडी कसको हो भन्ने पनि अहिलेसम्म प्रहरीले बताउन चाहेको छैन । एसपी पाण्डले सबै विवरण नखुलाउन डिएसपीलाई दबाब दिएको स्रोतले भन्यो । ठाढी नाकामा मूल भन्सार छ । 

सँगसँगै सशस्त्र प्रहरीका इन्सपेक्टरको कमान्डमा बोर्डर आउटपोस्ट ‘बिओपी’ र सईको कमान्डमा नेपाल प्रहरीका पोस्ट छन । ठाढीबाट चार किलोमिटर उत्तरमा असईको कमान्डमा भगवानपुर प्रहरी चौकी छ । 

भगवानपुरबाट चार किलोमिटर उत्तरमा सईको कमान्डमा इलाका प्रहरी कार्यालय महेशबारी छ । सो समान सशस्त्र प्रहरीले रोकेको भएपनि एसपीको सामान भन्दै नेपाल प्रहरीका सई आफै सामान छुटाउन गएका थिए ।

पाँच किलोमिटर उत्तर लहानको अस्पताल चोकनजिकको पार्कमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली बसेपनि त्यहाँबाट पनि मिलेमतोमा छाडेपछि सिरहा लाहान प्रहरी चौकीका प्रमुख डीएसपी दाहालले त्यसलाई बरामद गरेका थिए ।

 ‘बोर्डरबाट तीनवटा प्रहरी पोस्ट र एउटा बिओपी पार गरेर अवैध औषधि बोकेको गाडी लहानसम्म कसरी पुग्यो ? औषधि बरामद हुनु तर मानिस फेला नपर्नुमा मिलेमतोको शंका छ,’ लहान प्रहरी चौकीका एक प्रहरीले भने ।

विगत केही दिनदेखि सिरहाका एसपी पाण्डे सादा पोशाकमा दिनहुँ इलाका प्रहरी कार्यालय लहान पुग्ने गरेका छन् । लहानका डिएसपी डा. तपन दाहालसँग भित्री भेटघाटलाई तीव्रता दिएको स्थानीय व्यापारीहरु बताउँछन् ।

यता, विभिन्न ठाउँमा हुने तस्करीमा तपाईको सँलग्नता किन नभन्ने जिज्ञासामा एसपी पाण्डेले पहिलेभन्दा अहिले नाकाहरुमा कडाई गरेको कारण पूर्वाग्रह रुपमा समाचारहरु लेखिएको दाबी गरे । 

उनले पक्राउ गरिएको समानलाई आफूले नै चेकजाँग गरी औषधी व्यापारीसँग बीलहरु देखेपछि मात्र छाडिएको बताउँदै जिल्लामा तस्करीमा कडाई गरेपछि केही जनालाई अपाच्य भएको सुनाए । उनले आफू प्रमुख भएपछि प्रश्न उठनु जायज रहेको बताउँदै कहि कतै आफ्नो सँलग्नता नरहेको बताए । 

प्रहरी प्रधानकार्यालयबाट एसपी पाण्डे त्यहाँ गएबाटै सीमाबाट तस्करी रोकिएको छैन झन बढिरहेको छ । ‘कोरोनाको आडमा सीमामा तस्करको राज चलेको छ । 

पारिबाट कपडा, मोटरपार्टस, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा, कस्मेटिक्स सामान, तेल, चिनी, लागुऔषध, औषधि, हुन्डी रकमलगायत सबै तस्करी हुन्छ,वारिबाट मटर, चाइनिज स्याउ, मदिरा पारि पुन्छ,’ स्रोतले भन्यो । सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर सबै ठाउँमा सुरक्षाकर्मीका पोस्ट छन ।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको सामान छिराउन बिनासेटिङ सम्भव नभएकाले नेपाल प्रहरीका घुमुवाहरु सेटिङ मिलाउनमै व्यस्त रहेका छन् । 

तस्करलाई घुमुवा प्रहरीले नै बाटो देखाउँने गरेका छन् तस्करले खाद्य सामग्री, कपडा, मोटर पार्ट्स र कस्मेटिक सामग्री प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर ‘मासिक रकम दिएर’ ल्याइरहेका छन् । 

नरगी, कुसन्डी, इटाटारबाट तस्करले सामान ल्याउनमा गाडीमा नेपाल प्रहरीका घुमुवालाई समेत बोकेर लाने गरेको स्रोतको दावी छ ।

आइतबार मध्यराती लहान नगरपालिका–३ ठाढी चोकबाट इन्स्पेक्टरसहितको टोलीले खैनी (सुर्ती)  र चिनीले भरिएको मिनि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा लग्यो। अँध्यारोमा भारतबाट तस्करी गरी ल्याएको आशंकामा पक्राउ गरिएको उक्त परिमाणको चिनी र खैनीसहितको मिनी ट्रक उज्यालो नहुँदै लहान प्रहरीले छाडिदियो।  

कुनै कागजात नभएर पक्राउ गरी प्रहरी कार्यालय लगिएको ना ५ ख ६३४८ नम्बरको मिनी ट्रक कागज बुझाएपछि छाडिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दहालले बताए। भन्सारको निलामी कागजात बुझाएपछि हामीले छाडिदिएको उनले बताए।

भन्सारमा निलाम भएको सामान ल्याउन मध्यरात अन्ध्यारोको साहारा किन लिनुपर्थ्योरु जिज्ञासामा उनले भने,‘त्यो त हो तर हामीले छाडिदियौ।’ व्यपारीहरुले जे भन्यो त्यसमै विश्वास गरेर हामीले छाडिदिएका हौं डीएसपी दहालले भने,‘व्यपारीहरुले ७/८ बोरा सुर्ती भन्यो हामीले पनि त्यही पायौं।’ तर ट्रकमा चिनीको बोरा माथि लोड सुर्तीको बोरा सरसर्ती गन्दा १२ बोरा देखियो। 

 ठाढी भन्सार कार्यालयका प्रमुख नरेश साहका अनुसार यसबीचमा यस भन्सार कानाबाट सुर्ती निलाम नै भएको छैन। चिनी पनि यस नाकाबाट भित्रिएको छैन। ‘यस भन्सार नाकाबाट आइतबार राती वैध तरिकाबाट (भन्सार कटाएर) चिनी भित्रिएको तथ्यांकमा उल्लेख छैन,’ उनले भने, 'यस भन्सार कार्यालयबाट भदौ १० र २४ गते सामानहरु निलाम भएका छन तर त्यसमा सुर्ती छैन।'

भन्सारका नायब सुब्बा कमल बिष्टका अनुसार यस नाकाबाट भन्सार कटाएर मालसामान लैजाने थोरै छन्। 'थोरै मात्रामा मालसामान लैजानेहरु मात्र भन्सार कटाउन आउँछन्,' उनले भने। सीमा बन्द भएका कारण पनि यस नाकाबाट ठूलो परिमाणमा मालसामान वैधानिक तरिका (भन्सार कटाएर) लैजाँदैनन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

न्यूज ब्यूरोका पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त !

  • २०७८ भदौ ३१ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ ।  न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी

पूरा पढ्नुहोस्

Bureau Menus