बोक्सी (डायन) भन्दै महिलामाथि कुटपिट, एक पक्राउ

२०७८ भदौ ३१ बिहीबार
बिहान १०:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । 

स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सुचनाका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

ती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।  

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

कमला नगरपालिकामा बिना कार्यादेशको कुनै पनि विज्ञापनको भुक्तानी दिने छैनौँ : अधिकृत सढान 

  • २०७८ भदौ ३१ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढानले अब पूर्व स्वीकृति वा विना कार्यादेशको कुनै पनि भुक्तानी नदिने निर्णय गरेका छन् ।  विभिन्न समयमा

पूरा पढ्नुहोस्

Bureau Menus