महोत्तरीका यी युवक आफ्नो गाउँलाई बनाए 'डिजिटल गाउँ', Free WI-FI देखि CCTV क्यामेरा समेत जडान

२०७८ भदौ ३१ बिहीबार
दिउसो १२:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थितको एक गाउँलाई डिजिटल बनाउन सफल भएको छ । 

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने राजेश कुमार रायले वडा नम्बर ५ को पतैली गाउँलाई डिजिटल बनाउन सफल भएका छन् । सो गाउँमा उनले पसलमा समेत डिजिटल पेमेन्टको व्यवस्था मिलाएका छन् । 

गाउँमा रहेको सानादेखि ठुलो पसलमा डिजिटल भुक्तानीको लागि व्यवस्था मिलाएका छन् । एक किलो चिनी समेत किन्नको लागि स्थानीयहरुले क्यूआर कोडको प्रयोग गर्न थालेका छन् । गाउँभरिमै स्थानीय निकायबाट बाँकी रहेको ठाउँमा पनि सेन्सरयुक्त लाईट जडान गरिएको हो । 

गाउँमा रहेको सार्वजनिक ब्रम्हस्थानमा ४ ओटा चौचारा निर्माण सहित विभिन्न प्रजातीका वनस्पतिहरु लगाएर गाउँ सुधारको लागि पाईला चालेका छन् । रायले आफ्नो गाउँ आफैँ बनाउनुपर्छ धारणामा अडिग रही आफु बस्ने गाउँलाई डिजिटल गाउँ बनाएको हो । 

सोही ठाउँमा पुष्पवाटिका निर्माण गरी वल्र्डलिँकसँग समन्वय गरी डेढ घण्टा चलाउन मिल्ने निःशुल्क वाईफाईको समेत व्यवस्था गरेका छन् । त्यहाँ वाईफाई फ्रि जोन निर्माण गरिएको हो । 

समाजिक जनचेतनाको लागि गाउँभरि डिजिटल बोर्ड निर्माण, भौतिक सुरक्षाको लागि विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा जडान, नाईटभिजन सिसिटिभी, एचडी नाईटभिजन सिसिटिभी क्यामेरा जडान गरिएको रायले बताए । 

रायले आफ्नो व्यक्तित लगानीमा सो कार्यहरु गरेको बताएका छन् । ५ बर्ष अघि नै सो गाउँमा फाईबर ईन्टरनेट जडान गरेको सम्झदै उनले आफ्नो ३ लाख २४ हजार रुपैयाँको लगानीमा गाउँ डिजिटलाईजेसनको लागि सहयोग गरेका छन् । 

गाउँमा वल्र्डलिँको इन्टरनेट र नेटटिभी प्रयोगकर्ताहरु १०० बढी रहेको बताउँदै पुरानो जमानको प्रविधिलाई हटाएर नयाँ प्रविधिसँगै हिडन गाउँलेहरुलाई सिकाउने प्रयास गरेको उनले बताए । 

उनले महोत्तरी जिल्लाकै नमुना गाउँको रुपमा पतैलीलाई चिनाउने लक्ष्य लिएको बताउँदै केही दिनमा स्थानीय निकायलाई हस्तान्तरण गर्ने बताए । 

  • 27%
  • 0%
  • 0%
  • 11%
  • 0%
  • 0%

नेपालमा निरन्तर बढदै कोरोना, बिहीबार ३ हजार ९३८ मा सङ्क्रमण

  • २०७८ भदौ ३१ बिहीबार

न्यूज ब्यूरो, २१ साउन । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण

पूरा पढ्नुहोस्

Bureau Menus