भयँकर दुर्घटनाः ट्रकभित्र गाडी पस्दा ६ जनाको घटनास्थलमै मृत्यू, ४ गम्भिर !

२०७८ असोज ९ शनिबार
बिहान ११:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । गाडी अनियन्त्रीत भएर ट्रकलाई ठक्कर दिएपछि एक गाडीमा सवार ६ जनाको घटनास्थलमै मृत्यू भएको छ । 

छिमेकी देश भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दुर्घटना भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । वाईपास रोडमा ईको भ्यानको ट्रलीमा स्कोरपियो पसेपछि सो दुर्घटना भएको हो । 

सो दुर्घटनामा परी सोही ठाउँमै ६ जनाको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । सोही गाडीमा सवार १० जनामध्ये ६ जनाको मृत्यू भएको तथा अन्य ४ जना गम्भिर घाईते भएका छन् । उनीहरुको उपचार नजिकको अस्पतालमा भइरहेको छ । 

जानकारी अनुसार मृतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट (आरईईटी) को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेको थियो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमध्यमहरुले समाचार प्रकाशित गरेको छ । 


 

  • 18%
  • 6%
  • 6%
  • 0%
  • 59%
  • 6%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७८ असोज ९ शनिबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus