भयँकर दुर्घटना

युवकसँग मोटरसाईकलमा सवार युवति ट्रकमुनी लडेर किचिए, लास भयो टुक्रा–टुक्रा

मोटरसाईकलमा पछाडी सवार युवतिसँगै चालक युवक बनारस रोडतर्फबाट अँम्बीकापुरमा प्रवेश गर्न लागेको थियो ।

२०७८ असोज १३ बुधबार
बिहान ०८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । मोटरसाईकलमा पछाडी सवार एक युवति गुडिरहेको ट्रकको मुनी आएपछि किचिएर घटनास्थलमै मृत्यू भएको छ । 

यो घटना छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित रहेको छत्तिसगढ अम्बिकापुरको रहेको छ । भारतीय सँचारमाध्यमहरुका अनुसार, छत्तिसगको अम्बीकापुर शहरस्थित ट्रकले एक युवतिलाई किचेर लास टुक्रा टुक्रा भएको छ । 

सोमबार यो घटना सोही स्थानमा लगाइएको सिसिटिभीमा कैद भएको बताइएको छ । शहरको हृदय स्थल मानिने बनारस चौकदेखि गाँधीचोकतर्फ आईरहेको ट्रकले मोटरसाईकलमा सवार युवतिलाई किचेको बताइएको छ । 

मोटरसाईकलमा पछाडी सवार युवतिसँगै चालक युवक बनारस रोडतर्फबाट अँम्बीकापुरमा प्रवेश गर्न लागेको थियो । त्यतिबेला नै मोटरसाईकल अनियन्त्रित भएर युवति मोटरसाईकलबाट झर्दा पछाडीबाट आउँदै गरेको ट्रकले युवतिलाई किचेको बताइएको छ । 

सो सडक दुर्घटनामा युवतिको घटनास्थलमै मृत्यू भएको छ । यो पुरै घटनाक्रम त्यहाँ लागेको सिसिटिभीको माध्यमबाट देख्न सकिन्छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । 

दुर्घटनाको क्रममा आम नागरिक र प्रहरीबीच केही बेर झडपको अवस्था सृजना भएको थिया । स्थानीयहरुले मृतक युवतिको लास लिएर बीच सडकमै क्षतिपूर्तिको माग गरेको थियो । प्रहरीले उनको शव अस्पताल पठाउन गाह्रो भएको थियो । 

गाँधीनगर थानाको थाना प्रभारी बैजनाथ राय पैकराका अनुसार, एक युवक आफ्नो मोटरसाईकलमा पछाडी ती युवतिलाई बसाएर मनेद्रगढरोड तर्फ गइरहेका थिए । 

त्यतिबेला नै अचानक बनारस रोडतर्फबाट आउँदै गरेको ट्रकले अँबेडकरचौकस्थित मोटरसाईकल सवार युवक युवतिलाई आफ्नो चपेटमा लिएको र युवतिको मृत्यू भएको हो । 

  • 0%
  • 0%
  • 25%
  • 0%
  • 75%
  • 0%

जानकी मन्दिर, विवाहमण्डप, स्वर्गद्धारी लगायतका धार्मिक स्थलभित्र मोबाईल, क्यामेरा बैन गर 

  • २०७८ असोज १३ बुधबार

जनकपुरधाम त्यतिकै भनिदैनन् । विश्वमै परिचित धार्मिक स्थलहरुमध्ये जनकपुर पनि एक हो । यहाँको धार्मिक स्थलहरुको विशेषताले पनि जनकपुरलाई जनकपुरधाम भनिएको हो ।  जनकपुरधामको पहिचान यहाँका धार्मिक स्थलहरु हुन् , जो

पूरा पढ्नुहोस्

Bureau Menus