मुख्यमन्त्री गद्दीले असोज २० गते विश्वासको मत लिने, पाउलान त विश्वास ?

२०७८ असोज १३ बुधबार
दिउसो ४:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी विभाजित भएपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले यही असोज २० गते विश्वासको मत लिने भएका छन् । 

जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन असज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

जनता समाजवादी पार्टी विभाजित भए पनि प्रदेश २ मा नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । केन्द्रदेखि प्रदेशसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन रहेकाले मुख्यमन्त्री राउतले प्रदेशसभामा सहजै विश्वासको मत लिन सक्छन् ।

उनको दल जसपासँग ३९, सत्तामा सहभागी कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीसँग १३ गरी ७९ सांसद छन् ।

प्रदेश २ मा कुल १ सय ७ जना सांसद रहेकोमा माओवादीले ३ जनालाई कारवाही गरेपछि अहिले १ सय ४ जना सांसद छन् । जसमध्ये सत्तापक्षसँग ७९, लोकतान्त्रिक समाजवादी पार्टीसँग १६, नेकपा एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

व्यवसायी, रोजगारी र उद्योगको दिगो विकासका लागि पूल भएर काम गर्छु : उमेदवार साह

  • २०७८ असोज १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त २८ गते जनकपुरमा हुने जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावको तयारी तीव्र रुपमा गरिएको छ । जनकपुरका व्यावसायी, व्यापारीहरु अहिलेदेखि नै चुनावको तैयारीमा जुटेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus