होटलमा यौनधन्दा

गोलबजारको ग्रीन ल्याण्ड होटलमा प्रहरीको छापामारी, आपत्तिजनक अवस्थामा ४ युवायुवति पक्राउ

न्यू ग्रिन ल्याण्ड होटलबाट यौनधन्दा चलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो ।

२०७८ असोज १८ सोमबार
बिहान ०८:४२ बजे

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको मुख्य बजार मानिने गोलबजारस्थित रहेको ग्रीन ल्याण्ड होटलमा प्रहरीले छापामारी गरेको छ । 

शनिबार सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ र ६ मा रहेको होटलहरुमा बेलुकी ७ः३० बजेको समयमा प्रहरीले छापामारी गर्दा चार जना पुरुष र २ जना युवति गरी ६ जनालाई पक्राउ गरिएको हो । 

“न्यू ग्रीन ल्यान्ड होटलबाट ६ जनालाई  पक्राउ गरिएको छ , जसमा ४ जना पुरुष र २ जना महिला रहेका छन ।”– सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीले भने । 

सोही क्रममा गोलबजारमै सँचालनमा रहेको मनोज होटलमा समेत गरेको छापामारीको क्रममा होटल संचालक राजु साह र न्यू ग्रीन ल्यान्ड होटलका संचालक जिवछ साह समेत प्रहरी को हिरासतमा छ्न ।

ईलाका प्रहरी कार्यालय गोलबजारको टोली र जिल्ला प्रहरी कार्यालय सिरहाको सँयुक्त टोलीले दुवै होटल सँचालकलाई समेत पक्राउ गरेको हो । छापमारी गर्दा न्यूज ग्रीन ल्याण्ड होटलबाट आपत्तिजनक अवस्थामा दुई युवकसँग दुई युवतिलाई पक्राउ गरेको हो । 

न्यू ग्रिन ल्याण्ड होटलबाट यौनधन्दा चलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । दुई यूवतीसंग दुई यूवक रंगेहात पक्राउ परेको बताइएको छ । 

पत्राउ परेपछि प्रहरीले होटल संचालकद्वय जीवछ साह र राजकुमार साहलाई पनि गिरफ्तार गरेको हो । यूवतीसंग सतिश महरा र राजन पासवान बसेका थिए । उनी दबै जनालाई समेत गिरफ्तार गरिएको छ ।

पक्राउ परेकी यूवतीको पहिचान गोप्य राखिएको छ । यौनधन्दा भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारेको बताइएको छ । गिरफ्तार परेका सबैलाई कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता बुढाथोकीले बताए । 

यता, पटक पटक यस्ता काण्डमा पक्राउ पर्दै आएका गोलबजारका होटल सँचालक राजु साह, जीवछ साहलाई समेत कारवाहीको लागि प्रक्रिया अगाडी बढाएको बताइएको छ । 

  • 50%
  • 25%
  • 25%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ असोज १८ सोमबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus