मधेशमा नवरात्रको रमझम आजदेखि सुरु 

यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी  प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिदै छ ।

२०७८ असोज २१ बिहीबार
बिहान ०८:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामसहित तराई मधेशको विभिन्न जिल्लामा आजदेखि नवरात्र (वडादशैँ) को रमझम सुरु भएको छ । 

नवरात्रको पहिलो दिन आज मधेश क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजना गरिएका छन् ।

कन्या कुमारी (अविवाहित किशोरी) ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने परम्परा छ ।  

जनकपुरको राजदेवी मन्दिर, दुर्गा मन्दिर, अन्नपूर्ण मन्दिर लगायत ग्रामिण भेकमा रहेको दुर्गा मन्दिर तथा विभिन्न शक्तिपीठहरुमा आज जमरा राख्ने कार्य हुने भएको छ । 

घटस्थापना असोज शुक्ल प्रतिपदामा हुने र यसपालि बुधबार साँझ नै यो तिथि प्रारम्भ भएको हुँदा अन्य नक्षत्रादिको भोग अवस्थाले आज बिहान ८ः१५ बजेभित्र नै यो कार्य सम्पन्न गर्न उत्तम हुने बताईन्छ ।  मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधारमा शुभ मुहुर्त पहिल्याउने परम्परा छ ।
 
यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी  प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिदै छ । आजै मन्दिरमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरासमेत राखिने भएको छ । पर्वका अवसरमा मिथिलाका गाउँ÷नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् ।  

खासमा प्रदेश नं २ का मिथिलाक्षेत्रमा सप्तरीका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर ९परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको० र बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रुपमा पूजित छन् । 

नवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घर परिवारमा देवीको पूजाअर्चना गरिने र चण्डीपाठ गरिने परम्परा छ । दसँै प्रारम्भसँगै महोत्तरीका गाउँ/नगर बस्तीमा धमाधम पिङ गाड्ने तयारीमा युवा पुस्ता लागेका छन् ।

दशहारा पर्वमा ‘दुर्गा मेला’ आयोजना गरिने मैथिल परम्परा भए पनि गत वर्षजस्तै यसपालि पनि कोभिड–१९ महाब्याधिको सङ्क्रमण पूर्ण नियन्त्रण नभएको हुँदा महोत्तरीसहितका प्रदेश नं २ का आठवटै जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न, हुलमूलमा नजान र आफ्नै घर परिवेशमा पर्व मनाउन जनसमुदायसँग आग्रह गरेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

पश्चिमबाट पूर्वतर्फ सर्यो बर्षा, प्रदेश २ सहित यी ४ प्रदेशमा आजराती भारी बर्षाको सम्भावना 

  • २०७८ असोज २१ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।  गत

पूरा पढ्नुहोस्

Bureau Menus