सर्लाहीको सरस्वती विद्यालयमा साईकल वितरण गर्दै शूभकामना अदानप्रदान

२०७८ असोज २३ शनिबार
बेलुकी ७:११ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाको सरस्वती विद्यालयमा प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साईकल वितरण तथा बडा दसैंको शूभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

गोडैता नगरपालिका वडा नम्बर ५ रामवन स्थित श्रीमती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयमा सम्पन्न भएको कार्यक्रमा कक्षा ८ मा अध्ययनरत २३ जना छात्राहरुलाई साईकल वितरण गरिएको छ । 

प्रदेश सरकारको महिला, बालबालिका यूवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह को प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्ण मोहन महतो को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको विद्यालयको प्रधानाध्यक रामप्रकाश महतोे जानकारी दिनुभयो । 

यो अवसरमा मन्त्री सिंह को हात बाट शिक्षाको विकृति र विसंगति विरुद्व कलम चलाउने राज्यको चौथौ अंग रौतहटको दुई र सर्लाहीका ५ गरी ७ संचारकर्मीलाई शिक्षा सम्मान २०७८ बाट समेत सम्मानित गरिएको छ । 

सम्मानित हुने रौतहटका बज्जिकान्चल दैनिकका संचालक राजु श्रीवास्तव, गोरखापत्र दैनिक संग आबद्व संजय साह मित्र, सर्लाहीका उज्यालो अभियानका प्रकाशक टंक क्षेत्री, मधेश पोष्ठ दैनिकका सम्पादक विश्वनाथ ठाकुर, जिल्लाका एक मात्र महिला सम्पादक सर्लाही अपडेटका संचालक बन्दना झा, सँचारकर्मी सँतोष सिँह र कारोबार दैनिक का सर्लाही प्रतिनिधि राधेश्याम कुशवाहा रहेकोे छ । 

विद्यालयमा कक्षा प्रथम गर्ने विद्यार्थी र राष्ट्रसेवक कर्मचारी ईकाई प्रमुख रामअधार सिंह कुशवाहालाई मायको चिनो, सेवा निवृत्त शिक्षाकर्मी र विद्यालयको सर्वाङ्गीण विकासमा हातेमालो गर्ने शिक्षकहरुलाई समेत शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै सरस्वती विद्यालयमा भएको कार्यक्रमले खस्किदै गएको सामुदायिक विद्यालयको गुणस्तरप्रति निराश र असन्तुष्ट अभिभावकको मनोबललाई उच्च पार्ने काम गरिएको प्रमुख अतिथि मन्त्री विरेन्द्र प्रसाद सिंहले बताउनुभयो । 

सामुदायिक विद्यालयले पनि गुणस्तरिय शिक्षा प्रदान गरी बालबालिकालाई विभिन्न क्षेत्रमा सफल र प्रतिभावान बनाउने काम गर्न सकिने यस विद्यालयले प्रमाणित गरेको बताउनुभयो । सरस्वती विद्यालय जस्तै अरुले पनि भौतिक र शैक्षिक सुधार गरी गुणस्तरिय शिक्षा को थालनी गर्न थालियो भने आवासिय विद्यालयमा विद्यार्थीको चाप घटि सामुदायिक प्रति अभिभावक र विद्यार्थीको आकर्षण बढने बताउनुभयो ।   

वि।स २०६५ सालमा झोले विद्यालयको रुपमा स्थापना भएको सरस्वती विद्यालय दानमा प्राप्त भएको जग्गा र आफनै स्रोत साधनबाट एक दशकमै भौतिक पूर्वाधार र शैक्षिक स्तरमा आफूलाई जिल्लामै अब्बल सावित गर्न सफल भएको प्रदेश सांसद ओपेन्द्र कुशवाहा ले बताउनुभयो ।  

सामुदायिक विद्यालयको भौतिक संरचना र शैक्षिक स्तर दिनप्रतिदिन खस्कदै गईरहेको अवस्थामा सरस्वती विद्यालय उदाहरणिय कार्य गर्न सफल भएकोमा अन्य विद्यालयले समेत यस विद्यालयबाट पाठ सिक्नुपर्ने बताए ।  

सरस्वती विद्यालयको संस्थापक शिक्षाप्रेमी तथा लेखक रामचन्द्र महतो, सुनिल कुशवाहा, प्रधानाध्यापक रामप्रकाश महतो लगायत विद्यालय शिक्षकका अर्थक परिश्रम, लगन र प्रयासको परिणामस्वरुप विद्यालय जिल्लामै उकृष्ट हुन सफल भएकोे जिकिर गर्नुभयो ।  विद्यालयको भौतिक सुधार र मर्मत सम्भारका लागि समेत आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्वतता समेत व्यक्त गर्नुभयो ।  

विद्यालयको प्रधानाध्यपक रामप्रकाश महतोको शूभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई जिल्लाकै चर्चित नेपाली विषयका शिक्षक तथा संचारकर्मी विनोद कुशवाहा ले संचालन गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ सरकारको महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह, विशिष्ट अतिथि प्रदेश २ प्रदेश सांसद तथा नेपाली काँग्रेसका प्रमुख सचेतक ओपेन्द्र प्रसाद कुशवाहा, प्रमुख अतिथि गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, बरहथवाका मेयर देवानन्द महतो,  बसबरियाका अध्यक्ष रामज्ञा प्रसाद यादव, धनकौलका अध्यक्ष रामश्रय साह, रामनगर उपाध्यक्ष नितु देवी,  गोडैता उपप्रमुख अंजना कुशवाहा, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामअधार सिंह कुशवाहा, विद्यालय संस्थापक एवं बज्जिका भाषा अभियन्ता रामचन्द्र महतो, प्रधानाध्यापक रामप्रकाश महतो, शिक्षा प्रेमी सुनिल कुमार कुशवाहा, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, वडाअध्यक्ष, राजनितिककर्मी, समाजिक अगुवा, नागरिक समाजको साथै संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ भोली सिरहा आउँदै

  • २०७८ असोज २३ शनिबार

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेसको भातृ सँगठन नेपाल तरुण दल सिरहाको कार्यक्रममा सहभागी हुन केन्द्रीय अध्यक्ष विद्धान गुरुङ सिरहा आउने भएको छ ।  सिरहा, नेपाल तरुणदल सिरहाले भोलि सोमबार आयोजना

पूरा पढ्नुहोस्

Bureau Menus