डेढ बर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार भिठ्ठामोड आजदेखि सञ्चालन

त्यसैगरी दुईपाङ्ग्रे गाडी पनि दुवैतर्फ निर्वाधरूपमा चल्न थालेका छन् ।

२०७८ असोज २३ शनिबार
रति ८:१४ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, जलेश्वर ।  कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) आजदेखि विधिवतरूपमा पुनः सञ्चालन गरिएको छ । 

गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको भन्सार नाका भिट्ठामोड आज अपराह्न ४ः०० बजेपछि सञ्चालन गरिएको मुख्य भन्सार कार्यालयले जनाएको छ ।

दुवै देशको सहमतिपश्चात भन्सार नाका सञ्चालन भएसँगै आजैदेखि भारतीय चारचक्के गाडी भन्सार कटाएर नेपाल प्रवेश पाउन थालेका छन् भने नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी दुईपाङ्ग्रे गाडी पनि दुवैतर्फ निर्वाधरूपमा चल्न थालेका छन् ।

भारतीय चारपाङ्ग्रे गाडी नेपाल प्रवेश गरेको ७२ घण्टाअघि चालक तथा सहचालकको कोरोना जाँच गराएको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । दुई पाङग्रेका हकमा सो व्यवस्था छैन ।

 भन्सार खुलेसँगै सयौँको सङ्ख्यामा मोटरसाइकल दुवैतर्फ ओहोरदोहोर गरेका छन् । साथै कार, जीपजस्ता चारचक्के सवारी साधन अहिले फाट्टफुट्ट मात्रै प्रवेश गरेका छन् ।

लामो समयदेखि जिल्लाको मुख्य भन्सार नाका बन्द रहँदा महोत्तरीवासीलगायत सो नाका भएर भारत जाने धनुषा, सिन्धुलीसहितका व्यक्तिलाई निकै कठिनाइ भोग्नुपरेको थियो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७८ असोज २३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }