प्रदेश २ मा जसपाको समायोजन

जसपाका प्रदेश अध्यक्ष यादव र मुख्यसचिव झाले दिए पदबाट राजीनामा

प्रदेश नम्बर २ को भूमि व्यवस्था तथा कृषि मन्त्री समेत रहेका यादवले एक्लै पार्टीको तीनवटा पदमा आश्विन रहेका थिए ।

२०७८ असोज २४ आइतबार
दिउसो २:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका प्रदेश अध्यक्ष विजय कुमार यादवले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

जसपाका प्रदेश नम्बर २ का अध्यक्ष पदबाट आईतबार दिउँसो राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामा पत्र जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव समक्ष बुझाएको यादव निकट श्रोतले जनाएको छ । 

जसपा प्रदेश २ को जनकपुरधाममा समायोजनका लागि वैठक चल्दै गर्दा यादवले पदबाट राजीनामा दिएका हुन । उनले एक व्यक्ति एक पद नीति अन्तर्गत पदबाट राजीनामा गरेको बुझिएको छ । 

जनता समाजवादी पार्टीका आर्थिका विभाग प्रमुख, प्रदेश नम्बर २ अध्यक्ष सहित केन्द्रीय समितिको कार्यकारणी सदस्य समेत रहेका यादवले एक व्यक्ति, एक पद अवधारणा अन्तर्गत अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । 

प्रदेश नम्बर २ को भूमि व्यवस्था तथा कृषि मन्त्री समेत रहेका यादवले एक्लै पार्टीको तीनवटा पदमा आश्विन रहेका थिए । पार्टीको निति अनुकुल सो पदमा अन्यलाई पदस्थापन गर्नको लागि मात्र अध्यक्ष पदबाट राजीनामा दिएको यादव निकट श्रोतले जनाएको छ । 

अध्यक्ष पदका लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको टिकाटिप्पणी पनि समाजिक सँजालमा गरिएको छ । यद्यपी, यो सत्य नरहेको र एक व्यक्ति, एक पद नीति अन्तर्गत अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ । 

त्यसैगरि जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले समेत आफनो पदबाट राजीनामा दिएका छन ।

उनले समाजीक संजाल मार्फत लेख्दै पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएको वताएका छन ।

प्रादेशीक समितिका लागि समायोजन वैठक जनकपुरधाममा चलिरहेको छ भने वैठकमा पार्टीका राष्टिय अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिती रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७८ असोज २४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus