सुनियोजित घटना

प्रहरी हिरासतमा युवकको मृत्यू : प्रहरीलाई कुटपिट गर्दै केटीपक्षको घरमा लगाइदिए आगो 

सोही क्रममा हकिमका परिवारजनसहित उनका आफन्तजनहरुले केटीपक्षको घरमा आगो लगाईदिएका छन् ।

२०७८ असोज २४ आइतबार
दिउसो ३:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सुनसरी । प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु भएको विषयमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । 

झडपमा परी एक दर्जन बढी घाइते भएका छन् । प्रेम सम्बन्धको विषयलाई लिएर प्रहरीले पक्राउ गरेका भोक्राहा ५ का हकिम साह आइतबार बिहान मृत फेला परेका थिए ।

आफन्तहरुले सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन थालेपछि नियन्त्रणमा लिने क्रममा झडप भएको हो । प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । सुनसरीको गाउँ(गाउँबाट आएका मानिसले इनरुवाका सडकहरु अवरुद्ध गराएका छन् ।

सोही क्रममा हकिमका परिवारजनसहित उनका आफन्तजनहरुले केटीपक्षको घरमा आगो लगाईदिएका छन् । स्थानीय विष्णु कुमार शर्माकी छोरीलाई मृतक हकिमले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएको थियो । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

भोक्राहा नरसिंह गाउँपालिका– ५, टपरा घर भएका साँले छिमेकी नगरपालिका इनरुवा ९ की एक किसोरीलाई फगाएर लगेको र केही दिन अघि पक्रउ परेको हकिमलाई असोज १२ गते पक्राउ परेको थियो । 

गत असोज १२ गते नै पक्राउ गरिएको हकिम थुनुवामै रहेको बेला आज मृत फेला परेको बताइएको छ । उनले थुनुवामै रहेको बेला आत्महत्या गरेपछि हकिमका परिवारजन र आफन्तजन सहित गाउँ गाउँबाट बोलाएको मुस्लिम समुदायका युवाहरुले शर्माको घर जलाएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जय सिंह थापाले समेत हकिमले आत्महत्या गरेको बताएका छन्। तर मृतकका आफन्तहरुले सुनियोजित हत्या भएको भन्दै छानविन र दोषीमाथि कारवाहीको माग गरेका छन् । प्रहरी कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

  • 2%
  • 0%
  • 0%
  • 0%
  • 89%
  • 8%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७८ असोज २४ आइतबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus