प्रहरीको गोली लागेर एक जनाको मृत्यू !

प्रहरीको गोली लागेर एक जनाको मृत्यू 

२०७८ असोज २४ आइतबार
दिउसो ३:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बुटबल । प्रहरी र स्थानीयबासीबीच भएको झडपको क्रममा एक जनाको मृत्यू भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १४ मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न पुगेका सुकुम्बासीहरू हटाउने क्रममा प्रहरीसँग झडप भएको थियो।

झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। मृतकको पहिचान खुलिनसकेको प्रहरी उपरीक्षक मनोज केसीले बताए।

मोतीपुर क्षेत्रमा देशभरका सुकुम्बासी आउँदै बसिरहेका थिए। तिनीहरूलाई हटाउने क्रममा बुधबार दुई घन्टा झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर, अश्रुग्यास प्रहार गरिरहेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७८ असोज २४ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus

} }