आफ्नै पार्टीमा प्रतिरोध

जसपाको केन्द्रीय कार्यालय पसेर साँसद यादवका कार्यकर्ताहरुले जलाए अध्यक्ष यादवको पुतला 

प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोशित हुँदै प्रदर्शन गर्दै आएका छन् ।

२०७८ असोज २५ सोमबार
दिउसो १:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको आज फेरी पुतला दहन गरिएको छ । 

देशको राजधानी काठमान्डौँस्थित जसपाका नेता प्रदीप यादवका कार्यकर्ताहरुले अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका हुन् ।   कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन् । 

पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेको छ ।

जसपाबाट चारजना मन्त्री पठाएपछि पर्साबाट कसैलाई मन्त्री नबनाएको भन्दै पर्सामा लगातार प्रदर्शन र पुतला जलाउने कार्य गर्दै आएका युवाहरु आज केन्द्रीय कार्यालयमै पुगेर प्रदर्शन गरेका हुन् । 

जसपामा पर्साका सांसद प्रदीप यादव रहेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोशित हुँदै प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुले अध्यक्ष यादवको राजीनामा माग समेत गरेको छ । जसपाले वर्तमान सरकारमा पठाएको मन्त्री समावेशी नभएको भन्दै पार्टीभित्र तीब्र असन्तुष्टि रहेको छ ।

 प्रदीप यादवको असन्तुष्टि सडकमै देखिएको छ भने प्रमोद साह, मृगेन्द्रकुमार सिंह यादव, इस्तियाक राइ, अमृता अग्रहरीलगायतका नेताहरुले आन्तरिक रुपमा पार्टीभित्र असन्तुष्टि पोखेका छन् । 

त्यसमध्ये कतिपय नेताले आफ्नो समाजिक सञ्जालमार्फत पनि विरोध जनाइरहेका छन् । जसपाले राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, रेणु यादव र रामसहाय यादवलाई मन्त्रीमा पठाइएको छ । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७८ असोज २५ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }