अब सिडिओ अफिस धनुषामा आलोपालो सिस्टम हटयो, सबै दिन सबैको काम हुने 

यसअघि दिन अनुसार स्थानीय तहहरुको सेवा तोकिएकोमा आगामी ३१ गतेदेखि हटने बताईएको छ । 

२०७८ असोज २५ सोमबार
दिउसो २:५८ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारीको कारण जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा लगाइएको सिन्डीकेट प्रणाली हटाउने भएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै कोरोना महामारीको कारण दिन अनुसार स्थानीय तहहरुको सेवा प्रदान गर्दै आएकोमा अब सो सिन्डीकेट प्रणाली हटाइने बताइएको छ । 

आगामी असोज ३१ गते आईतबारदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषाको १८ वटै स्थानीय तहलाई ६ दिनसम्म पालैपालो सेवा दिँदै आएको थियो । शनिबार बाहेक आईतबारदेखि शुक्रबारसम्म धनुषाको सबै स्थानीय तहलाई बार (दिन) अनुसार सेवा सुविधाहरु दिँदै आएको थियो । 

कोरोना महामारीको अवस्थामा सुधार हुँदै जाँदा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद बास्तोलाले अब पहिलेझैँ अब कुनै पनि दिनमा कुनै व्यक्तिले सेवा पाउन सकिनेछ । यसअघि दिन अनुसार स्थानीय तहहरुको सेवा तोकिएकोमा आगामी ३१ गतेदेखि हटने बताईएको छ । 

दिन अनुसार नै सेवाग्राहीहरु जाँदा तोकिएको स्थानीय तह बाहिरका सेवाग्राहीलाई घर फर्किनु पनि परेको थियो । कोरोना महामारीलाई दृष्टिगत गरी भीडभाड कम गर्नको लागि लगाएको आलोपालो सिस्टम हटाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७८ असोज २५ सोमबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus

} }