मधेश, पहाड र हिमालवासीको भावनात्मक सम्बन्ध जोडन उम्मेदवारी दिएको छुः नीधि 

२०७८ असोज २५ सोमबार
रति १०:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र नीधिले मधेश, पहाड र हिमालवासीको भावनात्मक सम्बन्ध जोडनको लागि आफू उम्मेदवारी दिएको बताएका छन् । 

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेता नीधिले सोमबार धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमा बजार स्थित आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तीनै क्षेत्रमा नागरिकको भावनात्मक सम्बन्ध जोडन आफ्नो उम्मेदवारी रहेको बताए । 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ को कमला नगरपालिकास्थित कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्दै नेता नीधिले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न उनले आग्रह गरे । 

निधिले भने, ‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छु, सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईंहरुको समर्थन चाहेको हुँ ।’ 

पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेको र सभापति देउवाले आफूलाई सहयोग गर्ने वचन १३ औँ महाधिवेशनकै बेला दिएको उनले स्मरण गरे ।

सो क्रममा उनले लगमाको हनुमानचोकस्थित नव निर्मित धर्मशालाको उदघाटन समेत गरेका छन् । कमला नगरपालिकाका मेयर राम उदगार गोईतको नगरस्तरीय बजेटबाट निर्मित सो धर्मशालाको मेयर राम उदगार गोईत र नेता नीधिले सँयुक्त रुपमा उदघाटन गरेको मेयर गोईत निकट भरत ठाकुर (मनोहर) ले जानकारी दिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव, नेता शिवधारी यादवसहित नेपाली काँग्रेसका नेताहरुको मोटो उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको काव्या हस्पिटल अगाडीबाटै मोटरसाईकल बेपत्ता 

  • २०७८ असोज २५ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको काव्या हस्पिटलको अगाडीबाटै एक जनाको मोटरसाईकल चोरी भएको छ ।  मँगलबार बिहान जनकपुरस्थित रहेको काव्या हस्पिटलको अगाडी पार्क गरि राखिएको मोटरसाईल चोरी भएको हो ।

पूरा पढ्नुहोस्

Bureau Menus