मोटरसाईकल दुर्घटनामा परि दुईजनाको मृत्यु,एक गम्भिर घाईते

ज १२ प २९६१ नं.को मोटरसाईकलमा तामांग र सिंह दुईजना सवार रहेकोमा दुई मध्ये चालक भने खुल्न सकेको छैन ।

२०७८ असोज २७ बुधबार
बिहान १०:३९ बजे
न्यूज ब्यूरो, डेस्क
यो तस्विर गुगलबाट लिएर साँकेतिक प्रयोजनको लागि मात्र प्रयोग गरिएको छ ।

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ । 

मंगलबार साझ बर्दिवास ४ विश्वकर्मा चोक(पन्चधुरा मन्दिर जाने गेट,पुर्व पश्चिम लोकमार्ग) अगाडी भएको उक्त दुर्घटनामा ज १२ प २९६१ नं.को मोटरसाईकलमा सवार बर्दिवास नगरपालिका ३ गौरीडाडा वस्ने वर्ष २६ को सुरज तामांग र प्र२—०१—००२ प—०५९७ नं.का चालक जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका १ वस्ने वर्ष २८ को विजय कुमार महतोको मृत्यु भएको हो । 

यता ज१२प २९६१ नं.को मोटरसाईकल थप एक सवार बर्दिवास ३ गौरीडाडा वस्ने सोनु सिंह गम्भिर घाईते रहेकोमा उनलाई थप उपचारको लागि न्युरो अस्पताल काठमाडौं लगिएको छ ।

उनको उपचार बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा सम्भव नभएपछि अंचल अस्पताल जनकपुर र पछि न्युरो अस्पताल काठमाडौं लगिएको हो । उनको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

दुवै मोटरसाईकल एक आपसमा ठक्कर खादा ज १२ प २९६१ नं. मोटरसाईकलमा सवार सुरज तामांग र सोनु सिंह तथा प २—०१—००२ प—०५९७ नं.को मोटरसाईकल चालक विजय कुमार महतो सहित तिनैजना सख्त घाईते भएकोमा सुरज तामांग र सोनु सिंहलाई शुभ स्वस्तिक अस्पतालमा लगिएकोमा तामांगको उपचारको क्रममा मृत्यु भएको थियो । यता महतोको जनकपुर स्थित रामजानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज १२ प २९६१ नं.को मोटरसाईकलमा तामांग र सिंह दुईजना सवार रहेकोमा दुई मध्ये चालक भने खुल्न सकेको छैन । यता दुवै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक लासहरु अझै अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७८ असोज २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus

} }