सबैलामा दुर्गा पुजाको पूजाको भव्य तयारी, सबैला क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई

मेलामा जम्मा ५५ जना प्रहरी खटिएका छन भने २० जनाको टोलि सहित रहेका बताएका हुन ।

२०७८ असोज २७ बुधबार
बिहान १०:४४ बजे
न्यूज ब्यूरो, डेस्क

शम्भु पण्डित,जनकपुरधाम । बर्षौदेखि धनुषाको सबैला बजार स्थित लाग्दै आएको दुर्गा मेला यसपाली भव्य रुपमा मनाइने भएको छ । 

धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ मा पर्ने सबैला बजार दुर्गा भवानी प्रतिष्ठानले सबैलाको दुर्गा मन्दिरमा धुमधाम सहित मेला भव्य तयारीका गरिएको छ । 

सोही भव्य मेला, बोकाबलीलाई मध्यनजर गर्दै सबैला नगर क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। दुर्गा पुजा अवसरमा अवाञ्छित गतिविधि हुन नदिनका लागि सबैला क्षेत्रमा कडाई गरिएको हो।

मेलामा जम्मा ५५ जना प्रहरी खटिएका छन भने २० जनाको टोलि सहित रहेका बताएका हुन । जस्मा ५ जना महिला प्रहरी पनि खोइचका लागि खटिने छ ।

सुरक्षाकर्मीले सबैला क्षेत्रमा संयुक्त गस्ती समेत शुरु गरेका छन।  इलाका प्रहरी कार्यालय सबैला प्रहरी निरीक्षक राजेश सिग्देल भने, ‘अझै थप मेला भित्रै संयुक्त गस्तीको कार्यलाई निरन्तरता दिन्छौं।’

सबैला मेला क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न अन्य अपराधिक कार्य नियन्त्रण गर्नका लागि गस्तीको कार्य भैरहेको उनले बताए। संयुक्त गस्तीको कार्यलाई प्रभावकारी बनाउनका लागि  सुरक्षाकर्मी मेला भित्र खटिएको छ। 

मेलामा धनुषा सिरहा महोत्तरी भारत तिरका  आउने व्यक्तिहरूको सवारीसाधन सहित चेकजाँच समेत सुरक्षाकर्मीले कडाई गरेका छन। शंकास्पद सोधपूछको कार्य समेत हुन बताएका छन।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७८ असोज २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus

} }