गलत गर्ने जनप्रतिनीधिलाई यहीका युवाले साथ छाडे परिवर्तन सम्भव छः वक्ताहरु

सोही क्रममा कमला युवा सँजालका पदाधिकारीहरुले नगरभरिमा सदस्य विस्तारको बारेमा समेत छलफल गरेका छन् ।

२०७८ असोज २७ बुधबार
बेलुकी ७:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित रहेको कमला युवा सँजालका पदाधिकारीहरुले समाजमा युवा मात्र परिवर्तन ल्याउन सक्ने धारणा राखेका छन् । 

कमला युवा सँजालले मँगलबार कमला नगरपालिका वडा नं. ८ सोनापारास्थित आयोजना गरेको दशैँ, दिपावली तथा छठको शुभकामना एवम् युवाहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै वक्ताहरुले युवाहरुले मात्र समर्थन गरेर जनप्रतिनीधिहरुले मनोमानी गर्न भ्याएको धारणा राखेका छन् । 

कमला युवा सँजालका सचिव चन्द्रदीप कुमार यादवको अध्यक्षता तथा “सम्पूर्ण बालबालिकाको पूर्ण समय दिवा विद्यालयमा हुनपर्छ–एक अभियान” का प्रदेश सँयोजक रकी प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न चियापान कार्यक्रममा युवाहरुले गलतलाई पनि समर्थन गर्दा समाजीक अवस्था जरजर हुँदै गएको प्रतिक्रिया दिएका छन् । 

स्थानीय सरकार गठन भएपछि निर्वाचित जनप्रतिनीधीहरुलाई यहीका युवाहरुले भ्रष्टाचार, दुई नम्बरी कार्य, अनैतिक कार्य, गैर समाजिक कार्यमा समेत समर्थन गर्दा स्थित दिनानुदिन बिग्रीदै गएको धारणा राखेका छन् । 

उनीहरुले युवाहरु जुनसुकै राजनीतिक पार्टीसँग आस्था राखेपनि गलतलाई विरोध र राम्रोलाई मात्र समर्थन गरेर पनि समाजमा परिवर्तन ल्याउन सक्ने क्षमता पहिचानको आवश्यकता औल्याएका छन् । 

सोही क्रममा कमला युवा सँजालका पदाधिकारीहरुले नगरभरिमा सदस्य विस्तारको बारेमा समेत छलफल गरेका छन् । आगामी दिनमा नगरपालिकाभरि कार्यक्षेत्र बनाएर सदस्यता विस्तारउपर छलफल समेत गरेको सचिव चन्द्रदीप यादवले जानकारी दिए । 

चियापान समारोह कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एसएम कोचिङ्ग तथा कम्प्युटर सेन्टर जनकपुरका संयोजक सन्तोष साह र कमला युवा संजलाको अध्यक्ष बिमलेश यादव उपस्थिति जनाएका थिए । 

अतिथिको रुपमा बलराम बिराजी , तिरपित डाक्टर रहेका थिए । कमला युवा सँजालका सदस्य सबूर कुशवाहाले कार्यक्रमलाई उदघोषण गरेका थिए भने अध्यक्ष बिमलेश यादवले उपस्थिति अतिथिहरुलाई स्वागत गरेका थिए । 

कार्यक्रममा स्थानीय युवा सहित कमला युवा सँजालका पदाधिकारी र सदस्यहरु सहित करिब १०० जना युवाहरुको उपस्थिति रहेको थियो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७८ असोज २७ बुधबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus