राजदेवीमा बोकाबली

जनकपुरको राजदेवीमा बोकाबली सुरु, एक मिनेटमा ४० बढी बली प्रदान

सुरुमा एक मिनेटमा कम्तीमा पनि ३० वटा बोका बली हुँदै आएकोमा केही बेरमा रफतार पाएको साहले बताए ।

२०७८ असोज २७ बुधबार
रति ८:४० बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राजदेवी मन्दिरमा बेलुकी ८ः०० बजेदेखि बली प्रदान कार्यक्रम सुरु भएको छ । 

प्रत्येक बर्ष राजदेवी मन्दिरमा हुने बोकाबलीको लागि तराई मधेशको विभिन्न जिल्ला सहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट पनि सयौँको सँख्यामा बोका लिएर श्रद्धालुहरु जनकपुर आईपुगेका छन् । 

आयोजक महावीर युवा कमिटिका अध्यक्ष बलराम साहले यसपाली पनि राजदेवीमा बोकाबलीको लागि ४ वटा ठेहा (बली प्रदान गर्ने स्थान) सँचालनमा रहेको बताएका छन् । 

न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीमा अध्यक्ष साहले अहिलेसम्म करिब १६००० को हाराहारीमा बोकाबलीको लागि रसिद काटिएको जानकारी दिए । बोकाबलीको लागि गुठी सँस्थान जनकपुरले प्रत्येक बर्ष खँसीको टाउको वापत प्रति टाउको २०० रुपैयाँ लिने गरिन्छ । सो वापतको रसिद दिने गरिन्छ । 

सो रसिद नम्बर अनुसार अहिलेसम्म १६००० को हाराहारीमा रसिद काटिएको तथा रसिद नकटाएर पनि बलीप्रदानको लाईनमा बस्ने हजार बढी श्रद्धालुहरु हुन्छन् । सो अनुसार १६ हजार बढी बोकाबली हुने अनुमान गरिएको साहले बताए । 

सुरुमा एक मिनेटमा कम्तीमा पनि ३० वटा बोका बली हुँदै आएकोमा केही बेरमा रफतार पाएको साहले बताए । उनका अनुसार एक मिनेटमा ४० वटासम्म पनि बोकाबली हुँदै गरेको बताए । 

अध्यक्ष साहका अनुसार, राती २ देखि ३ बजेसम्म सबै बोकाबली हुनेछ । 

 प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको अध्यक्ष साहले बताए । उनले बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको उनले बताए । 

यता, सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै दशैंमा जनकपुरधाम नगरभित्र मात्र करिव १ हजार ५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

उनले जिल्ला प्रहरी कार्यालयका १ हजार भन्दा बढि, दंगा प्रहरी गणका २ सय, सशस्त्र प्रहरीको टोली २ सय र सादा पोशाकमा पनि करिव १ सयको संख्यामा सुरक्षाकर्मी २४ सौं घण्टा परिचालित गरिएको बताए । त्यस्तै, स्पेशल टास्क फोर्सको एम्बुस टोली पनि खटाइएको एसपी रानाभाटले जानकारी दिए ।

  • 3%
  • 0%
  • 6%
  • 0%
  • 77%
  • 0%

जनता समाजवादी पार्टी (जसपा) को समायोजन आज 

  • २०७८ असोज २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश (प्रदेश–२) कमिटीको समायोजन आइतवार हुने भएको छ । पूर्व राजपाका नेता, कार्यकर्ताहरुलाई प्रदेश कमिटीमा समायोजनको घोषणा गरिनेछ । जसपाको पदेश कमिटी

पूरा पढ्नुहोस्

Bureau Menus