प्रहरीकै पहरामा दुर्गा पूजामा टिकटकरहरुको अश्लिल ओरकेष्ट्रा

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली मेलामा सुरक्षार्थ खटेको थियो । 

२०७८ असोज ३० शनिबार
बिहान ०९:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर लगायत धनुषा जिल्लामा महिला नतर्की ओरकेष्ट्रा निषेध गरिएपनि प्रहरीकै पहरामा विभिन्न ठाउँमा ओरकेष्ट्रा भइरहेको छ । 

धनुषा जिल्लाको बेटश्वर गाउँपालिका  वडा नम्बर ५ स्थित शान्तिपुरमा प्रहरी प्रशासनकै संरक्षणमा टिकटकरहरुले अश्लिल ओरकेष्ट्रा गर्दा पनि हेर्नमा मुग्ध देखिए । 

शान्तिपुरमा आयोजित दुर्गा मेलामा प्रहरीकै उपस्थितिमा अश्लील गीतमा आर्केष्ट्रा भएको हो। टिकटकरहरुको एक टिम “टीम आरजे” नाम ग्रुपबाट उनीहरुले दुर्गा पूजामा समेत अश्लिल खालका नृत्य गर्दा दर्शकहरु उतेजित भइरहे । 

मेलामा मैथली तथा भोजपुरी भाषाको विभिन्न अश्लील शब्दहरू प्रयोग गरी बनाइएको गीतहरूमा अश्लील तरिकाले नृत्य गरेको भिडियोमा देखिएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली मेलामा सुरक्षार्थ खटेको थियो । 

केही दिन पहिला मात्रै आर्केष्ट्रामा मारपिट झगडा तथा अश्लील गीतले समाजमा फैलिदै गरेको विकृतिलाई नियन्त्रण गर्न धनुषा प्रहरीले आर्केष्ट्रामा नाच्नेलाई पक्राउ समेत गरेका थिए ।

ओरकेष्ट्राका कारण महोत्तरीमा केही दिन अगाडी भएको एक विवादमा एक जनाको ज्यान नै गएको थियो । उतेजित बनाउने खालका गीतका साथै भीडलाई समेत उतेजित पार्ने खालका नृत्यहरु टिकटकरहरुले गर्दै आएका छन् । 

टिकटकका Team RJ ले असोज २७ , २८ र २९ गते प्रस्तुति गरेका थिए , टिकटकमा अश्लीलता फैलिए संगै टिकटकका यी युवा युवतीहरु समाजमा समेत अश्लीलता फैलाउने सुरु गरेका छन्

टिकटक प्लेटफार्म देखिने अधिकाँश युवायुवतिहरुले विभिन्न गाउँमा ओरकेष्ट्रा पार्टी पनि खोलेका छन् । उनीहरुले विभिन्न गाउँमा सट्टमा नाच्न जान्छन् । पहिला पहिला भारतबाट ओरकेष्ट्रा नचाउन युवति मगाइन्थ्यो भने अहिले यही समाजका युवायुवतिहरुले ओरकेष्ट्रा पार्टी खोलेका छन् । 

  • 3%
  • 22%
  • 6%
  • 16%
  • 44%
  • 6%

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus