प्रदेश २ः ट्याँकरले कारलाई ठक्कर दिँदा तीन युवकको मृत्यू 

२०७८ असोज ३० शनिबार
दिउसो ४:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगन्ज । वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। 

बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१  नम्बरको कारलाई ठक्कर दिएको हो। 

मृत्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए। 

कार चालक राजनलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै तथा सुरज प्रसाद र कृत सिंहको भने वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

मृतक मध्येका सुरज प्रसाद र कृत सिंहको भने ठेगाना खुल्न नसकेको यादवले बताए। 

ट्याङकरका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।   

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७८ असोज ३० शनिबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus