जानकी मन्दिर प्रकरण

जानकी मन्दिर मडवामा ईस्लामिक झण्डा लिएर टिकटक बनाउने युवकमाथि निवेदन, प्रहरी खोज्दै 

२०७८ असोज ३१ आइतबार
बेलुकी ७:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरको जानकी मन्दिरस्थित विवाहमण्डप (मडवा) मा ईस्लामिक झण्डा लिएर टिकटक बनाएको भन्दै प्रशासनमा निवेदन परेको छ । 

विवाहमण्डपमा ईस्लामिक झण्डा फहराउँदै टिकटक भिडियो बनाएपछि न्यूज ब्यूरोले समाचार प्रकाशित गर्दा स्थानीय युवाहरुको एक समूहले प्रशासनमा निवेदन दिएको हो । 

जनकपुरधाम बस्ने स्थानीय गणेश साह नेतृत्वको युवाहरुको समूहले जिल्ला प्रशासन कार्यालय धनुषामा ती युवकलाई केन्द्रीत गरी निवेदन दिएको हो । निवेदनमा जानकी मन्दिर सहित धार्मिक स्थलमा यस्ता गतिविधि गर्नेलाई कारवाहीको माग गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय (सिडिओ अफिस) मार्फत जिल्ला प्रहरी कार्यालयमा दर्ता चलानी नम्बर ११५९ गरी पत्राचार गरिएको छ । धनुषाका सिडिओ बन्धु प्रसाद वास्तोलाले यस्ता गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । 

सम्बन्धित समाचार

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले समेत निवेदनमा शिघ्र एक्सन लिएको बताउँदै साईबर ब्यूरोमा समेत अनुसन्धानको लागि पठाइएको जानकारी दिए । 

न्यूज ब्यूरोसँगको कुराकानीमा धनुषाका एसपी रानाभाटले निवेदनमा उल्लेख बमोजिम जानकी मन्दिरको मडवामा जहाँ हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिन्छ केही उच्छृँगल गतिविधि गरिरहेको गुनासो आएको आधारमा कानुनी प्रक्रिया अगाडी बढाएको बताए । 

उनले निवेदनमाथि तुरुन्त एक्सन लिएको बताए । एसपी रानाभाटले टिकटकमा झण्डा लिएर टिकटक भिडियो बनाउने युवकको सबै जानकारी अनुसन्धान शाखाले सक्रियताका साथ गरिरहेको बताए । केन्द्रीय साईबर ब्यूरोमा समेत यसको लागि समन्वय गरिएको एसपी रानाभाटले बताए । 

सो भिडियो अपलोड गर्ने युवकलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाउन प्रहरीले अनुसन्धान प्रक्रिया समेत अगाडी बढाएको एसपी रानाभाटले न्यूज ब्यूरोलाई बताए । 

निवेदनमा गणेश साह नेतृत्वको युवाहरुले जनकपुरमा समाजिक सदभाव बिगार्ने खालका गतिविधिहरु निरन्तर गरिरहेको पाइएको भन्दै यस्तामाथि कारवाहीमा माग गर्दै प्रशासनलाई गुहारेका छन् । 

सो भिडियो बनाउने युवकको फेसबुक प्रोफाईल र टिकटक प्रोफाईल अनुसार उनी जनकपुरको जानकी चोक बस्ने युवक हुन् । यद्यपी प्रहरीले उनको खोजी कार्य भने सुरु गरेको छ । 

  • 11%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 26%

व्यवसायी, रोजगारी र उद्योगको दिगो विकासका लागि पूल भएर काम गर्छु : उमेदवार साह

  • २०७८ असोज ३१ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त २८ गते जनकपुरमा हुने जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावको तयारी तीव्र रुपमा गरिएको छ । जनकपुरका व्यावसायी, व्यापारीहरु अहिलेदेखि नै चुनावको तैयारीमा जुटेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus