जानकी मन्दिर प्रकरण

जानकी मन्दिरको मडवामा टिकटक बनाउने युवक पक्राउ, अन्यलाई खोज्दै प्रहरी 

विवाहमण्डमा पसेर साफीले हातमा ईस्लामिक झण्डा फहराउँदै –“मोहम्मद डे ईज कमिँग” भनेर टिकटकमा भिडियो हालेका थिए ।

२०७८ कार्तिक १ सोमबार
दिउसो १२:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिरको विवाहमण्डपमा टिकटक बनाउने युवकलाई धनुषा प्रहरीले सोमबार (आज) विहान पक्राउ गरेको छ । 

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको जानकी मन्दिर र विवाहमण्डप (मडवा) मा ईस्लामिक झण्डा बोकेर धार्मिक आस्था खलल हुने गरी भिडियो बनाएको आरोपमा युवकलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी बर्ष २२ का अरमान साफीलाई प्रहरीले पक्राउ गरेको हो । 

हिन्दु धर्मावलम्बीहरुको पूजन क्षेत्र सहित पयर्टकीय स्थल रहेको विवाहमण्डपमा ईस्लामिक झण्डा बोकेर टिकटक बनाएको साफीमाथि जनकपुरका गणेश साह नेतृत्वको युवाहरुको समुहले प्रशासनमा निवेदन दिएको थियो । 

पटक पटक जानकी मन्दिर र अन्य धार्मिक क्षेत्रमा केही युवायुवतिहरुले विगत केही महिनादेखि निरन्तर अपाच्य हुने खालका भिडियोहरु बनाएर हालेपछि न्यूज ब्यूरोले निरन्तर समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशितपछि युवाहरुले प्रशासनमा उजुरी दिएको थियो । 

आईतबार दिउँसो उजुरी दिएपछि धनुषाका सिडिओ बन्धु प्रसाद वास्तोलाले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख रानाभाटलाई यस्ता गतिविधिमा सँलग्नलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन निर्देशन दिएलगत्तै सक्रियता देखाएका प्रहरीले उनलाई सोमबार बिहानै पक्राउ गरेको हो । 

न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीमा एसपी रानाभाटले निवेदनको आधारमा मडवामा टिकटक बनाउने युवकलाई सोमबार बिहानै पक्राउ गरेको पुष्टि गरे । उनका अनुसार, उनीमाथि कारवाही प्रक्रिया अगाडी बढाएको बताए । 

विवाहमण्डमा पसेर साफीले हातमा ईस्लामिक झण्डा फहराउँदै –“मोहम्मद डे ईज कमिँग” भनेर टिकटकमा भिडियो हालेका थिए । सो भिडियोपछि न्यूज ब्यूरोमा समाचार प्रकाशित भएलगत्तै विभिन्न ठाउँमा उनलाई कारवाहीको माग उठेको थियो । 

समाजिक सँजाल सहित अन्य सँघ सँस्थाहरुले समेत जानकी मन्दिर लगायत अन्य धार्मिक पर्यकीय क्षेत्रभित्र यस्ता गतिविधि गर्नेहरुलाई कानुनी दायरामा ल्याएर यस्ता कार्यप्रति प्रतिबन्ध गर्न माग उठाएका थिए ।

प्रहरीले अन्य युवायुवतिहरुलाई समेत सर्च सुरु गरेको हो । टिकटकमा यस्ता खालका भिडियोहरु बनाएको देखिए वा बनाउने समयमै पक्राउ गरी कारवाही गरिने गरी सक्रियता देखाएको छ । 

  • 4%
  • 6%
  • 1%
  • 0%
  • 0%
  • 5%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ कार्तिक १ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus