समाचारको प्रभाव

जानकी मन्दिर टिकटक प्रकरणः पक्राउ परेका साफीमाथि मुद्दा दर्ता, हुन सक्छ दुई बर्षसम्मको जेल

साफीले धार्मिक सहिष्णुता र सार्वजनिक शान्तीमा खलल हुने गरी कार्य गरेको भन्दै निवेदन दिएको थियो ।

२०७८ कार्तिक १ सोमबार
बेलुकी ६:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्थको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा टिकटक बनाउने युवकमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गरेको छ । 

सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी बर्ष २२ का अरमान साफीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जीतेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् । 

न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा डिएसपी बस्नेतले साफीलाई बिहानै पक्राउ गरी उनीमाथि सार्वजनिक शान्ती विरुद्धको मुद्दा दर्ता गरिएको जानकारी दिए । उनलाई उनकै घरबाट पक्राउ गरिएको हो ।

जनकपुरका युवा अगुवाहरुको एक समूहले आईतबार जानकी मन्दिरको विवाहमण्डप (मडवा) मा ईस्लामिक झण्डा लहराउँदै टिकटक बनाएर हालेपछि उनको चौतर्फी आलोचना भएको थियो । साफीले धार्मिक सहिष्णुता र सार्वजनिक शान्तीमा खलल हुने गरी कार्य गरेको भन्दै निवेदन दिएको थियो । उनीमाथि स्थानीय गणेश साह लगायतका युवाहरुले सिडिओ कार्यालयमा निवेदन दिएको थियो । 

सोमबार बिहानै पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार, विहानै सम्पूर्ण प्रक्रिया गरी मुद्दा समेत दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

नेपालको कानुनमा सार्वजनिक शान्ति खलल पार्न नहुनेः (१) बमोजिम कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बिचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन । भनेर उल्लेख छ । 

यदि त्यस्तो गरिएमा धारा ६५ को उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । 

यस्तै, उपदफा (१) बमोजिमको कसूर कुनै देवस्थल वा पूजा वा प्रार्थना गर्ने ठाउँ वा धार्मिक, साँस्कृतिक चाड वा समारोह भइरहेको ठाउँमा गरेको भए उपदफा (२) बमोजिमको सजायमा थप एक वर्षसम्म कैद हुने समेत व्यवस्था गरिएको छ । 

जनकपुरको जानकी मन्दिरको विवाहमण्डप देवस्थल हो । त्यहाँ नित्य पूजाआजा गरिन्छ । सो अनुसार उनलाई थप एक बर्ष गरी दुई बर्षसम्म जेल सजाय हुने सक्नेछ । यद्यपी, साफीले गरेको कसुरको प्रकृति अनुसार सजाय हुन सक्ने बुझिएको छ । 

मडवामा टिकटक बैन को पोष्टर लगाईयो 

साफीले ईस्लामिक झण्डा सहित बनाएको भिडियोको समाचार न्यूज ब्यूरोमा आएपछि जय कुमार यादव नेतृत्वको स्वतन्त्र युवा समूहले समेत जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको छ । 

सोमबार बिहान यादवकै नेतृत्वमा गएको युवाहरुको टोलीले साफीलाई कारवाहीको माग गर्दै किटानी जाहेरी समेत दिएको हो । यद्यपी, त्यतिबेलासम्म साफी पक्राउ परिसकेका थिए । 

उनीहरुले किटानी जाहेरीमा जानकी मन्दिर र विवाह मण्डपमा सुनुयोजित तवरले सार्वजनिक शान्ती भँग हुने गरी टिकटक भिडियो बनाएको, महिलाको अपमान हुने गरी टिकटक भिडियो बनाएको भन्दै यस्ता टिकटक प्रयोगकर्ताहरुलाई कानुनी दायरामा ल्याउन जाहेरी दिएको हो । 

सोही क्रममा सोमबार अपरान्ह यादव नेतृत्वमा गएको युवाहरुको टोलीले विवाह मण्डपमा मन्दिरको जगमाथि चप्पल जुत्तालाई निषेध सहित टिकटक समेत बैन गरिएको पोष्टर लगाएको हो । 

यसअघि युवा अगुवा सरोज मिश्रको नेतृत्वमा जानकी मन्दिरमा टिकटक बैनको पोष्टर लगाएपनि कसैले टेरेको देखिएनन् । यसपाली प्रशासनले स्वयँ पनि चासो लिएपछि टिकटक बनाउनेहरुलाई कारवाहीको दायरामा ल्याउने विश्वास स्थानीयले गरेका छन् । 

  • 25%
  • 1%
  • 2%
  • 0%
  • 0%
  • 5%

सर्लाहीः मुसैली पोखरी विवाद थप उग्र हुँदै, निर्माण नहुँदै भत्किन थाल्यो पर्खालहरु

  • २०७८ कार्तिक १ सोमबार

न्यूज ब्यूरो, सर्लाही ।  सर्लाहीको मंलगवा नगरपालिका स्थित मुसैली पोखरी सौन्दर्यीकरणको विवाद थप उग्ररुप लिएको छ ।  ठेकेदारले सर्लाहीको मलंगवा नगरपालिकामा प्रदेश २ सरकारद्वारा संचालित योजनामा गुणस्तरहिन निमार्ण सामग्री प्रयोग गरी

पूरा पढ्नुहोस्

Bureau Menus