जनकपुर सहित ईस्लाम धर्मावलम्बीहरु मोहम्मद डे मनाउँदै, प्रदेश २ मा सार्वजनिक विदा 

२०७८ कार्तिक २ मंगलबार
बिहान ०८:५७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्तीमोहम्मद डे०को अवसरमा प्रदेश २ सरकारले मंगलबार सार्वजनिक विदा गरेको छ ।

इस्लामिक महिना रविउलऔएलको १२ तारेखका विहान हजरत पैगम्बर मोहम्मदको सउदी अरबको मक्का मदिनमा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पुर्ण लक्ष्य समाज सुधार र व्यवहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए । 

समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र विकृतीहरुको विरुद्ध उनी ठुलै संघर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाईने भएकोले प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो । 

प्रदेश २ सरकारले संघीय सरकारको सार्वजनिक विदा वाहेक वर्षभरिमा ११ वटा विभिन्न चाडपर्व तथा अवसर हरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 यसैबीच, संघीय सरकारले पनि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने घोषणा गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शुभकामना सन्देश जारी गर्दै एक दिने सार्वजनिक विदाको घोषणा गरिएको जानकारी समेत दिएका हुन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

व्यवसायी, रोजगारी र उद्योगको दिगो विकासका लागि पूल भएर काम गर्छु : उमेदवार साह

  • २०७८ कार्तिक २ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त २८ गते जनकपुरमा हुने जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावको तयारी तीव्र रुपमा गरिएको छ । जनकपुरका व्यावसायी, व्यापारीहरु अहिलेदेखि नै चुनावको तैयारीमा जुटेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus